कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सुनसरीमा लागु पदार्थ सहित चारजना पक्राउ

सुनसरी — प्रहरीले सुनसरीका विभिन्न स्थानबाट अवैध लागुपदार्थ सहित बुधबार चारजनालाई पक्राउ गरेको छ ।

सुनसरीमा लागु पदार्थ सहित चारजना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाका अनुसार पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका देउराली-५ बस्ने २८ वर्षीय बाबु बोहरा, धरान-१३ बस्ने ३५ वर्षीय कान्छा राई, भारतसँग सीमा जोडिएको भण्टाबारी नाका नजिकैबाट कोशी गाउँपालिका-४ बस्ने ३२ वर्षीय सराजुद्दिन मिया र इटहरी उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुरेश कोइराला छन् ।

प्रहरीले बोहराको साथबाट ७४ थान नाईट्रोसन ट्यावलेट, राईको साथबाट एभिल लुपिजेसिक र डाईजेलापको २४ सेट बरामद गरेको छ । यसैगरी मियाँको साथबाट ८ थान स्पास्मोप्रोक्सिभन र नाईट्रोसन ९ ट्यावलेट, कोईरालाको साथबाट २ केजी ४ सय ३० ग्राम गाँजा र १५ थान नाईट्रोसन ट्याव्लेट बरामद गरेको छ ।


उनीहरु चारैजाना लागुपदार्थ ओसारपसार र बिक्रीवितरणमा संलग्न गिरोह भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान सहित कार्वाही प्रक्रिया अघि बढाई सकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ६, २०७५ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?