विद्यालयको नाम फेरियो

नुवाकोट — लिखु गाउँपालिका-६ थानसिङमा रहेको महेन्द्र माविको नाम फेरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा महेन्द्र महेशदेव माध्यमिक विद्यालय भएको घोषणा गरिएको हो । कार्यक्रममा चन्दादाता स्व‍. महेशदेव पाठकलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

विद्यालयको नाम फेरियो

स्व. पाठकले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारका लागि ३७ लाख ५० हजार दिएको लिखु गाउँपालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डेले बताए । उक्त अवसरमा स्व‍.पाठककी श्रीमती शुभद्रा र छोरी शारदालाई पनि सम्मान गरिएको थियो ।


शैक्षिक विकासमा महेशदेव पाठकले देखाएको उदारता प्रशंसनीय रहेको प्रधानाध्यापक मदन श्रेष्ठले बताए ।


प्रकाशित : असार ६, २०७५ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?