कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

स्वास्थ्य केन्द्रमा औषधि अभाव

मेनुका ढुंंगाना

अछाम — जिल्लाका १० स्थानीय तहमध्ये कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र चौरपाटी गाउँपालिकाका स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । यहाँका बासिन्दाले बिरामी हुँदा निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता अझै टरेको छैन ।

स्वास्थ्य केन्द्रमा औषधि अभाव

झाडापखाला भएपछि वीरपथ स्वास्थ्य चौकी पुगेकी कमलबजार नगरपालिका ६ कि रम्भा भण्डारीले जीवनजलसमेत नपाएको गुनासो गरिन् । ‘पैसा हुनेले पो मेडिकलबाट औषधि किन्न सक्छन् । गरिबले कसरी किन्ने ? सरकारले पनि दु:ख दिने रैछ,’ उनले भनिन् । चेकजाँच स्वास्थ्य चौकीमा गर्ने र मेडिकलबाट औषधि किन्न कमलबजार र मंगलसैन धाउनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

स्वास्थ्य संस्थामा अनिवार्य हुनुपर्ने जीवनजल, सिटामोल, मेट्रो, डिपोसमेत नहुँदा बिरामी मर्कामा पर्ने र आफूलाई पनि असजिलो हुने अनमी गीता साउद बताउँछिन् । ‘स्वास्थ्य चौकीमा ८ जना छौं । औषधि छैन । खालि चेकअप गराउने काम मात्र हुन्छ,’ उनले भनिन् । गर्मी मौसममा दैनिक ३० भन्दा बढी बिरामी आउने गरेको उनले बताइन् । तर कमलबजार नगरपालिकाको स्वास्थ्य शाखाले औषधि अभाव नभएको बताएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयमा आउने बिरामीले सामान्य औषधिसमेत नपाएको गुनासो गरेका छन् । ‘चेकजाँच सकिएपछि औषधि कक्षमा गएँ । त्यताबाट मेडिकलमा किन्नू भनेर पठाए,’ मंगलसैन ५ कि जसु विकले भनिन् । जिल्ला अस्पतालमा पहिलेको भन्दा अहिले सेवा थपिए पनि औषधि अभावले समस्या पारेको बिरामीहरूको भनाइ छ ।

केन्द्रबाट आवश्यक औषधि प्राप्त नहुँदा अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय आफैंमा रहने/नरहने भन्ने अन्योल सिर्जना भएका बेला स्वास्थ्य कार्यालयको काम पनि प्रभावित भएको जनस्वास्थ्य निरीक्षक झनक ढुंगानाले बताए । ‘स्वास्थ्य कार्यालयमा भएको औषधि पठाउन ढुवानी खर्चसमेत स्वास्थ्य कार्यालयसँग हुँदैन । स्थानीय तहले औषधि खरिदमा चासो दिंदैनन्,’ उनले भने ।

प्रकाशित : असार ७, २०७५ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?