योग शिक्षा पाठ्यक्रममै राखिने

काठमाडौँ — शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा बिहीबार विश्व योग दिवस मनाइएको छ । दिवसका अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रवचन कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले योगको प्रवद्र्धन गर्न सरकारले विशेष ध्यान दिने बताए ।

योग शिक्षा पाठ्यक्रममै राखिने

‘अहिले योगको महत्त्व सबैलाई बुझाउन सकिएको छैन, शारीरिक र मानिसक रूपमा मानिसलाई स्वस्थ्य राख्न यसको धेरै महत्त्व छ,’ उनले भने, ‘विद्यालय तहकै पाठ्यक्रममा योगका विषयवस्तु राख्न छलफल चलाउँछौं ।’ योगले व्यक्तिसँगै देशको आर्थिक, सामाजिक समृद्धिमा टेवा पुग्ने उनको भनाइ थियो । गुरु पूर्णिमाको दिनलाई राष्ट्रिय ध्यान दिवसका रूपमा मनाउन सरकारमा छलफल चलिरहेको समेत उनले जनाए । योग दिवस मनाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो । योगसम्बन्धी प्रशिक्षकहरूले कार्यक्रममा प्रवचन दिएका थिए । प्रहरी प्रतिष्ठान र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा पनि योग शिविर सञ्चालन गरिएको थियो । शिविरमा शिक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि सहभागी थिए ।

प्रकाशित : असार ८, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?