कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सिंहदरबार पश्चिम गेटअघि बिजुलीको खम्बामा आगलागी 

काठमाडौँ — सिंहदरबार पश्चिम तर्फको २ नम्बर गेट अगाडि रहेको बिजुलीको खम्बामा आगलागी भएको छ ।रामशाह पथअन्तर्गत बिजुलीको पोलमा शुक्रबार करिब ३ बजे आगलागी भएको हो । आगो करिब १५ मिनेट लागेको थियो ।

सिंहदरबार पश्चिम गेटअघि बिजुलीको खम्बामा आगलागी 

आगलागीका कारण ट्रान्समिटरमा क्षति पुगेको छ । आगो सिंहदरबारभित्र रहेको नेपाली सेनाको दमकलको सहायताले निभाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


भिडियो

आगो निभाउने क्रममा केहीबेर उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । तर, अहिले नियमित सञ्चालनमा आइसकेको ट्राफिक कन्ट्रोल रुमले बताएको छ ।

आगलागीपछि उक्त क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ ।

प्रकाशित : असार २९, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?