कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

जगन्नाथको रथयात्रा

काठमाडौँ — राजधानीमा शनिबार जगन्नाथ रथयात्रा गरिएको छ । यात्रा गर्न बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिरबाट जगन्नाथ, बलदेव, शुभद्राको मूर्तिलाई बाजागाजासाथ लैनचौर ल्याइएको थियो । त्यहाँ सिंगारिएको रथमा विराजमान गराएर नगर परिक्रमा गराइएको थियो ।

जगन्नाथको रथयात्रा

विष्णुका पूर्ण कला रूप श्रीकृष्णलाई संस्कृतमा जगन्नाथले पुकारिन्छ । चार धाम भारतका विभिन्न राज्यमा अवस्थित पवित्र पवित्र तीर्थस्थल मानिन्छ । बद्रीनाथ उत्तर खण्डको हिमालय, रामेश्वरम दक्षिणको तमिलनाडु प्रान्त, द्वारका पश्चिम प्रान्त गुजरात, जगन्नाथ पुरी पूर्वप्रान्त उडिसामा अवस्थित छ ।

वेदमा उल्लेख भएअनुसार मनुष्य जीवनकालमा चार धामको भ्रमण गर्नु उपयुक्त मानिन्छ । खर्च र समय अभाव कारणले सबै मानिस चार धाम पुग्न सकिँदैन । आफ्नै घरआँगनबाट दर्शन गराउने उद्देश्यले रथयात्रा सञ्चालनमा ल्याएको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले जनाएको छ । संघका उपाध्यक्ष डा.सञ्जीव गुप्ता भन्छन्, ‘रथयात्राले भक्तजनहरूलाई प्रत्येक वर्ष भारत पुग्नुपर्ने झन्झबाट मुक्त मिलेको छ ।’

‘वैष्णवी धर्म मान्नेहरूले माछामासु, लागूपर्दाथ, परस्त्रीसँग सम्बन्ध राख्न र जुवातास खेल्न नहुने धार्मिक मान्यता छ,’ उनले भने । हिन्दु धर्ममा समयको एक ठूलो युगचक्र रहेको छ । जसलाई चार युगमा विभाजन गरिएको छ । सत्य युग (१६ लाख वर्ष), त्रेता (१२ लाख), द्वापर (८ लाख) र कलि (४ लाख) वर्ष रहेको छ ।

कलियुगको अन्तपछि पुन: सत्य युगको प्रारम्भ जनविश्वास छ । चार धाम प्रत्येक एक युगसँग सम्बन्धित छ । सत्य बद्रनाथ, त्रेता रामेश्वरम, द्वापर युग द्वारका र कलि युग जगन्नाथ पुरीसँग सम्बन्धित छ । वर्तमान समय कलियुग हो । यसको ५ हजार वर्ष बितिसकेको छ । त्यसले हिन्दुहरूले जगन्नाथलाई मान्य गरेको डा.गुप्ता भन्छन्, ‘स्कन्दपुराणमा उल्लेख भएअनुसार जीवनमा गरिने विभिन्न दानमध्ये उत्तम दान ज्ञान हो । रथयात्राले एक खालको ज्ञान बाँध्ने काम गरिरहेको छ ।’

उनले भारतमा कुम्भमेलापछिको ठूलो जगन्नाथ मेला रहेको दाबी गरे । विशेष अतिथिले रथअगाडि कुचो लगाएर यात्रा सुरु गरिएको थियो । यात्रामा श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादको सालिकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइएको थियो । लैनचौरबाट सुरु भएको यात्रा जमल, घण्टाघर, भद्रकाली, न्युरोड हुँदै पुन: लैनचौरमा आएर टुंगिएको थियो ।

प्रकाशित : असार ३१, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?