कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

वडा नं. १६ ‘सांस्कृतिक नगरी’

ललितपुर — ललितपुर महानगरपालिका–१६ नम्बरलाई सांस्कृतिक र पर्यटकीय नगरीको रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ । गा:बहालमा सम्पन्न वडा भेलामा १६ नम्बर वडाध्यक्ष निर्मलरत्न शाक्यले महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो । १६ नम्बरमा पाटन दरबार क्षेत्र, नागबहाल, मंगलबजारलगायत पुरातात्त्विक महत्त्वका टोल पर्छ ।

वडा नं. १६ ‘सांस्कृतिक नगरी’

यहाँका ताम्रकला, मूर्तिकला, हस्तकला, चित्रकला, प्रस्तरकला लगायत मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण प्रवद्र्धन गर्न बजेट अघि सारेको वडाले जनाएको छ । वडाध्यक्ष शाक्य भन्छन्, ‘प्राय पुरातात्त्विक महत्त्वको थलो यहाँ परेकाले सांस्कृतिक र पर्यटकीय नगरको नमुना वडाका बनाउने लक्ष्य लिएका छौं ।’ ‘विभिन्न कलाको संरक्षण गर्न मेला, परम्परागत बाजागाजा, जीवनशैली, संस्कार नेपाल भाषा, लिपि अध्ययन गर्नेहरूलाई लक्षित गरेर नेवार लघु सांस्कृतिक संग्रहालय स्थापना गर्ने योजना छ,’ उनले भने ।

टोलबस्तीका ऐतिहासिक पृष्ठभूमिसँग जोडिएका परम्परागत नाउँको संरक्षण र पर्यटकलाई समेत जानकारी गराउने उद्देश्यले रञ्जना लिपि, देवनागरी र अंग्रेजी नामांकन बोर्ड राख्न योजना रहेको वडाले जनाएको छ ।

चालु आर्थिक वर्षमा वडाको विकास गर्न ५० लाख विनियोजित गरिएको थियो । यस वर्ष बढाएर १ करोड ५० लाख विनियोजित गरिएको छ । वडा भेलामा सहभागीले दिगो विकासको अवधारणाले अघि बढाउनुपर्नेमा जोड दिएका छन् । समारोहमा ३ नम्बर प्रदेशसभाका सदस्य शोभा शाक्यले ललितपुरको विकासको आधार नै संस्कृति र पर्यटक रहेकाले वडाले सोहीअनुरूप योजना अघि सारेको बताइन् ।

प्रकाशित : असार ३२, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?