२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हतियारसहित थप दुई पक्राउ

प्रशान्त माली

ललितपुर — प्रहरीले हतियारको कारोबार गर्ने थप दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र महानगरीय अपराध शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले हतियारसहित ताप्लेजुङ घरभई ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने हेमराज पौडेल, रामेछापका कृष्ण बहादुर जोगी र आशुराम मोक्तानलाई पक्राउ गरेको हो ।

हतियारसहित थप दुई पक्राउ

उनीहरुलाई पेस्तोल १ थान, ५ राउण्ड गोली, २ थान म्याग्जिनसहित पक्राउ गरिएको थियो । प्रहरीका अनुसार अनुसन्धान गर्नेक्रममा सोमबार थप हतियारसहित खुमलटारका रोशन सुब्बा लिम्बु, नुवाकोट घर भइ मंगलबजार बस्ने रामचन्द्र अधिकारीलाई पेस्तोल थान २, म्यागजिन थान ३, ५६ थान गोली र तरवार र खुकुरी थान २, चक्कु ६ थान बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर जावलाखेल प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले थप अनुसन्धान भइरहेको बताए । ‘बयान लिन थालिसकेका छौ,’ उनले भने ।

प्रकाशित : श्रावण १, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?