डोलेश्वर मन्दिरमा श्रावणी मेला सुरू

भक्तपुर — केदारनाथको शिर डोलेश्वर मन्दिरमा मंगलबार(आज)बाट श्रावणी मेला सुरु भएको छ ।

डोलेश्वर मन्दिरमा श्रावणी मेला सुरू

सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा अवस्थित डोलेश्वर मन्दिरमा मंगलबारदेखि सञ्चालन भएको मेला भदौ ६ सम्म सञ्चालन हुने मन्दिर संरक्षण तथा विकास समितिका सचिव मोहन बल्लले बताए ।


३७ दिने मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने भक्तजनको सहजताका लागि लाईन कुपन प्रणाली , ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको व्यवस्था मिालाएको जनाएको छ ।


मंगलबार बिहान पौखेलको पीपलचौतारीबाट चन्द्रविनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा गरिको छ । कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको स्वामी चुडामणि महाराजले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।


कार्यक्रममा मन्दिर परिसरको १६ टनको एउटा बसाहाको अनावरण गरिको छ । बसाह निर्माणका लागि बारा निजगढी नगरपालिका शम्भुबहादुर बुढाथोकीले ११ लाख १० हजार रुपैया सहयोग गरेको समितिका कोषाध्यक्ष विश्वराम थापाले बताए ।

प्रकाशित : श्रावण १, २०७५ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?