कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

प्रशान्त माली

ललितपुर — ग्यास सिलिण्डर बोकेर ललितपुरको सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । 

ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

ना ६ ख ६७१ नम्बरको ट्रकले भारत घर भइ सानेपा बस्दै आएका ५५ वर्षीय बलनधारी प्रसाद कलवारलाई ठक्कर दिएको थियो ।


गम्भीर घाइते भएका कलवारको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हेछेतुले जानकारी दिए ।


ट्रकका चालक सुरज लामालाई प्रहरीले नियन्त्राणमा लिएको छ ।

प्रकाशित : श्रावण ३, २०७५ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?