कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

झुक्याएर मृगौला प्रत्यारोपण गराउने फरार अभियुक्त पक्राउ

भक्तपुर — अवैधानिक रूपमा मानव अङ्ग प्रत्यारोपण गराएको आरोपमा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 
वनेपा नगरपालिका–२ काभ्रेपलाञ्चोकका कुमार गिरीको मृगौला कानेपोखरी गाउँपालिका–१ मोरङका ५१ वर्षीय थर्कबहादुर बस्नेतलाइ प्रत्यारोपण गराउन संलग्न भएको आरोपमा प्रहरीले थर्कबहादुरका छोरा २४ वर्षीय आशिष बस्नेतलाई पक्राउ गरेको छ ।

झुक्याएर मृगौला प्रत्यारोपण गराउने फरार अभियुक्त पक्राउ

बस्नेतलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुर पेस गरिएको छ ।


बनेपा–२ का प्रल्हाद गिरीको जाहेरीअनुसार जेठ १३ मा भक्तपुर जिल्ला अदालतमा आशिष बस्नेतको नाम मानव शरीर अंग प्रत्यारोपण र सरकारी छाप किर्ते मुद्दा दर्ता भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।

प्रकाशित : श्रावण ३, २०७५ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?