कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

यौन दुर्व्यवहार आरोपमा पक्राउ

काठमाडौँ — किशोरलाई होटलमा बोलाएर यौन दुराचार गरेको आरोपमा प्रहरीले ६६ वर्षीय स्विस नागरिक पिटर क्रिस्चियन ल्यागेनड्रोफलाई पक्राउ गरेको छ ।

यौन दुर्व्यवहार आरोपमा पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पिटरले १६ वर्षीय किशोरलाई फेसबुक म्यासेन्जरमार्फत फकाई चाबहिलको होटलमा बोलाएर यौन दुराचार गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पिटरले यौन दुराचारको आरोप स्वीकार गरेका छन् । भक्तपुर दरबार स्क्वायरमा रहेको वेलकम हेरिटेज इन नामक होटलमा समेत लगानी गरेका पिटरले रसुवाको लाङटाङमा शिक्षासम्बन्धी काम गर्ने परियोजना चलाइरहेका थिए ।

अपराध महाशाखाका अनुसार यौन दुराचारको कुरा बाहिर नआओस् भनेर पिटरले किशोरलाई विभिन्न समयमा पैसासमेत दिने गरेका थिए ।

प्रकाशित : श्रावण ६, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?