भ्रष्टाचार गरी फरार रहेका अभियुक्त जेल चलान

रासस

काठमाडौँ — नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ । 

भ्रष्टाचार गरी फरार रहेका अभियुक्त जेल चलान

ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाएका धादिङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई आज सुन्धाराबाट पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको हो ।


मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीको कमसल धितोलाई अस्वभाविक मूल्याङ्कन गराई विभिन्न मितिमा रु दुई करोड नौ लाख ५० हजार कर्जा निकाशा गरी उपयोग गरेको ब्यूरोले जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?