२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

ब्लड क्यान्सरपीडित बालकलाई सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — शेरा स्मृति स्वास्थ्य, शिक्षा प्रतिष्ठानले रक्त क्यान्सरपीडित १२ वर्षीय सुनिल घलेलाई सहयोग हस्तान्तरण गरेको छ । 

ब्लड क्यान्सरपीडित बालकलाई सहयोग

देश विदेशमा रहेका नेपालीबाट संकलित ८२ हजार रुपैयाँ प्रदेश ३ की उपसभामुख राधिका तामाङले बिहीबार इसान अस्पताल बसुन्धारा पुगेर बालककी दिदी रोजिना घलेलाई हस्तान्तरण गरेकी हुन् । पीडित बालकको सोही अस्पतालमा उपचार चलिरहेको छ ।


प्रतिष्ठानले १ लाख ६४ हजार सहयोग संकलन गरेको थियो । बाँकी रहेको रकम बोनम्यारो प्रत्यारोपण गर्न सिभिल अस्पताल बानेश्वरमा उपचारत अनिता श्रेष्ठलाई हस्तान्तरण गरिने प्रतिष्ठानका कोषाध्यक्ष डिबी तामाङले बताए ।


शेरा प्रतिष्ठान प्रदेश नं ३ की उपसभामुख राधिका तामाङका आमा-बुबाको स्मृतिमा स्थापना गरिएको हो ।

प्रकाशित : श्रावण १०, २०७५ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?