विदेश पठाइदिने भन्दै रु ४२ लाख ठगी गर्ने तीन पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले उत्तर कोरियास्थित कृषि फार्ममा राम्रो रोजगारीको अवसर छ भनेर पाँच जना व्यक्तिसँग जनही रु सात लाख लिने सिन्धुलीका ३० वर्षीय रामबहादुर थापा, मकवानपुरका २७ वर्षीय दिनेश श्रेष्ठ र ३१ वर्षीया कल्पना ढुंगानालाई कपन र महाराजगञ्जबाट पक्राउ गरेको हो ।

Yamaha

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णहरि शर्माले कोरियाका साथसाथै अष्ट्रेलिया, पोल्याण्ड, दक्षिण अफ्रिकालगायतका देशमा रोजगारीको राम्रो अवसर छ भनेर सर्वसाधारणलाई झुक्याएर पैसा लिने गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई आइतबार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित : श्रावण १३, २०७५ २०:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विद्युत गृह पुरिँदा बिजुली अवरुद्ध

कान्तिपुर संवाददाता

संखुवासभा — चैनपुर नगरपालिका १ मा पर्ने याङ्सीजुङमा पहिरोले लघु जलविद्युत योजनाको संरचना पुरिएपछि बिजुली अवरुद्ध भएको छ ।

साउन पहिलो साता पहिरोले निदुवा खोला लघु जलविद्युत् आयोजनाको संरचना पुरेको थियो।

यहाँबाट १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो। पहिरोले विद्युतगृह पुरिएपछि बिजुली आपूर्ति ठप्प छ। लघुजलविद्युत आयोजना बगाउँदा करिब ४५ लाख क्षति भएको आयोजनाका पूर्वअध्यक्ष लक्ष्मीकुमार लिम्बूले बताए।

बिजुली आपूर्ति बन्द भएपछि १ सय २३ घरका बासिन्दा प्रभावित छन्। स्थानीयको सक्रियतामा पहिरोले पुरिएका टर्बाइन, जनेरेटर जस्ता केही उपकरण बाहिर निकालिए पनि काम नलाग्ने अवस्थामा रहेको लिम्बूको भनाइ छ।

‘पहिरोले आयोजनाको कुलो पनि बगाएको छ, उनले भने, ‘समस्यामा परेका छौं, यहाँ केन्द्रीय प्रसारण लाइन पुगेको छैन।’ आयोजनाको सुरक्षाका लागि लगाएको ग्याभिङसहित ३ सय ५० जाली पनि पहिरोले बगाएको छ। २०६७ मा तत्कालीन जिल्ला विकास समिति, ऊर्जा विकासको अनुदान र स्थानीयको लगानीमा लघु जलविद्युत् योजना सञ्चालनमा ल्याएका थियौं,’ उनले भने, ‘अब लगानी कहाँबाट जुटाउने पत्तो छैन।’

त्यसबेला ऊर्जा विकासको ११ लाख ६९ हजार, जिविसको २, अन्य सहयोगी र स्थानीय उपभोक्ताबाट रकम संकलन गरी करिब ३० लाखमा बिजुली उत्पादन गरिएको थियो। योजनाले बेलुकी ५ देखि बिहान १० बजेसम्म दैनिक बिजुली दिँदै आएको थियो।

‘यहाँ केन्द्रीय प्रसारण लाइन कहिले आउने थाहा छैन, गाउँमै सानो भए पनि उत्पादन गरेको बिजुली बगायो, फेरि पहिलेझैं कष्टकर जीवन बिताउनु पर्नेभयो,’ उनले भने, ‘यसको मर्मत स्थानीय तह र सांसदले गरिदिनुपर्छ।’

गाउँ अन्धकार भएपछि आयोजना पुनर्निर्माणका लागि चैनपुर नगरपालिकासहित सहयोगी निकायको खोजीमा उपभोक्ता लागेको लाक्पासाङ्गे शेर्पाले बताए। जनप्रतिनिधिलाई उनीहरूले सहयोगको अपिलसमेत गरेका छन्।

प्रकाशित : श्रावण १३, २०७५ २०:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT