कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सम्पदा निर्माणमा ५ मेयर एक ठाउँ

कान्तिपुर संवाददाता

भक्तपुर — उपत्यकाका महानगर तथा नगरपालिकाहरू पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका संरचना निर्माणमा एकरूपता ल्याउन सहमत भएका छन् । भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिको अगुवाइमा भएको नगरप्रमुखको भेलाले त्यसका लागि आइताबर सहमति गरेका हुन् ।

सम्पदा निर्माणमा ५ मेयर एक ठाउँ

संरचना निर्माणमा जनसहभागिता जुटाउने, ऐतिहासिक प्रमाणका आधारमा मौलिक शैलीमा पुनर्निर्माण गर्ने, उपत्यकाका प्राचीन सहर समेटेर सांस्कृतिक संरक्षित केन्द्र बनाइने उल्लेख छ ।

नगरप्रमुखहरूको टोलीले भक्तपुर नगरभित्रको निर्माणाधीन सम्पदाहरूको अवस्था, नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि, ख्वप पोलिटेक्निक, ख्वप इन्जिनियरिङ कलेजको स्थलगत अवलोकनसमेत गरेका छन् । नगर प्रमुखहरूलाई भक्तपुर नगर–उपप्रमुख जोशीले सम्पदा र शैक्षिक अवस्थाको बारे जानकारी गराइन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भक्तपुरबाट सिक्नुपर्ने बताएका छन् । आइतबार काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर थिमि नगरप्रमुखले भूकम्पले क्षतिग्रस्त निर्माणाधीन सम्पदाको अवलोकन गर्दै सांस्कृतिक सम्पदा बचाउन भक्तपुर नगरको पहलको प्रशंसा गरे । ‘भक्तपुर नगरबाट अन्य नगरपालिकाले सम्पदा संरक्षणको शिक्षा लिनुपर्छ,’ काठमाडौं महानगरप्रमुख विद्यासुन्दर शाक्यले भने, ‘सम्पदा संरक्षण गरी पर्यटनसँग जोड्न र उपत्यकाको एकीकृत विकासका लागि नगरहरूबीच छलफल हुनुपर्छ ।’

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन, कीर्तिपुर नगरप्रमुख रमेश महर्जन, मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठलगायतले भक्तपुरले सम्पदा संरक्षण र शिक्षामा गरेको कार्यको प्रशंसा गरे । उनीहरूले धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वका सम्पदा संरक्षणमा जोड दिने प्रतिबद्धता जनाए ।

प्रकाशित : श्रावण १४, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?