कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

फोनिजद्वारा पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक 

कान्तिपुर संवाददाता

काठमाडौँ — आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरिएको छ । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मंगलबार ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ बाट विभिन्न विधामा पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको हो ।

फोनिजद्वारा पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक 

फोनिजका अनुसार यसवर्ष पत्रकारहरु उजिर मगर (अनलाइन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुनेछन् । पुरस्कार छनौट समितिको निर्णय फोनिज सचिवालयको मंगलबारको बैठकले अनुमोदन गरेको हो ।


उनीहरुलाई फोनिजको स्थापना दिवसको अवसरमा साउन २७ गते पुरस्कार प्रदान गरिने छ । पुरस्कार राशि जनही ४० हजार रुपैयाँ रहेको छ ।


२०५२ देखि पत्रकारिता थालेका मगर एभरेष्ट दैनिक डटकम अनलाइनमा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव र फोनिजका सल्लाहकारसमेत हुन् ।


आङ्ला २०५६ सालबाट पत्रकारितामा प्रवेश गरेका हुन् । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन । शेर्पा अन्नपूर्ण दैनिकमा कार्यरत छन् भने चौधरी बाँकेको नेपालञ्जस्थित रेडियो सदभावमा कार्यरत छिन् ।

प्रकाशित : श्रावण १५, २०७५ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?