उपत्यका
श्रावण २८, २०७५

बिहानै बज्यो गुँला बाजा

नेवार समुदायले मनाउने गुँला पर्व आइतबारबाट सुरु भएको छ । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान् बुद्धप्रति आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गरिन्छ ।

श्रावण २७, २०७५

पोखरीमा डुबेर मृत्यु

ऐतिहासिक विष्णुकुण्डल पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि ४ विष्णुकुण्डल पोखरीमा पौडी खेल्ने क्रममा डुबेर जुगल गाउँपालिका–५ बराम्ची सिन्धुपाल्चोक घरभई मध्यपुर थिमि भिमसेन चोक बस्ने १७ वर्षीय विवेक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रानीपोखरीको मन्दिर : विज्ञको सुझाव मानिएन

चैतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतको बैठकले रानीपाखेरीमा राखिएका सबै कंक्रिट हटाउने निर्णय गरेको थियो ।

टिपर आतंक अनुसन्धान भएन

नुवाकोटकी कुमारी विश्वकर्मा बालुवा चाल्ने गर्थिन् । उनकी श्रीमान् काजीमान इँटा ओसार्ने । श्रीमान्/श्रीमती मिलेर राजधानीमा घर बनाउने ठाउँमा निर्माण सामग्री ओसार्ने ठेक्का लिने गर्थे । त्यहाँबाट हुने आम्दानीले घर खर्च चलाउँथे ।

एचआईभीको औषधिले ‘साइडइफेक्ट’

जाडो होस् या गर्मी, घरमा होस् या सार्वजनिक ठाउँ उनी गम्लङ्ग पछ्यौरा ओढछन् । कसैसँग बोल्न पनि त्यति मन गर्दिनन् । कोही व्यक्ति आफ्नो अगाडि उभिँदा मात्रै पनि उनलाई डर लाग्छ ।

श्रावण २६, २०७५

विश्व कीर्तिमानका लागि प्रवचन

योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य/प्रवचन दिने भएका छन् ।

फैलँदै बोलबम

टेलाल साहका कान्छा छोरा अहिले नेपाल प्रहरीको असई छन् । भर्खरै ‘पासआउट’ भए । उनी आमाको पेटमा छँदा साहले पहिलोपल्ट सुन्दरीजलबाट जल भरेर पशुपतिनाथलाई चढाएका थिए ।

कर बढाउँदै नगरपालिका

कीर्तिपुर नगरपालिकाले एकीकृत सम्पत्ति करका शीर्षकमा पहिलेभन्दा करिब ४० प्रतिशतसम्म बढी रकम उठाउन लागेको भन्दै कीर्तिपुरवासी विरोधमा उत्रिएका छन् । बिहीबार ठूलो संख्यामा भेला भई स्थानीयले नगर कार्यालयमा ज्ञापनपत्र बुझाए ।

ADVERTISEMENT
ADVERTISEMENT

जिससलाई टेर्दैनन् जनप्रतिनिधि

जिल्ला समन्वय समिति (जिसस) प्रमुख, जिल्ला समन्वय अधिकारीसहितको टोली स्थानीय तहको २०७४/७५ मा भएको कामको अनुगमन गर्न महांकाल गाउँपालिकाका पुग्यो । टोलीले गाउँपालिकामा विकास योजनाका लागि भएको भुक्तानीको विवरण हेर्न खोज्यो ।