विश्वकपको सही अनुमान मिलाउनेले पाए आईफोन-एक्स

कान्तिपुर संवाददाता

काठमाडौँ — मर्सी एजुकेशन कन्सटेन्सीले विश्वकप फुटबल–२०१८मा अनुमान मिलाउने ५ जना विजेताहरुलाई उपहार प्रदान गरेको छ । 

विश्वकपको सही अनुमान मिलाउनेले पाए आईफोन-एक्स

६४ वटा खेलमध्ये ४० खेलमा सही अनुमान गरेबापत विजय खत्रीले ग्रान्ड प्राइजअन्तर्गत आईफोन एक्स पाए । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उनलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले पुरस्कार प्रदान गरे ।


यस्तै, गोल्डेन ग्लोब, बुट, बेस्ट प्लेयर र वर्ल्ड कप विजेताको सही अनुमान गर्ने ४ जना विजेतालाई ट्याब प्रदान गरिएको थियो । कन्सलटेन्सीका अध्यक्ष राम टण्डनका अनुसार प्रतियोगितामा ६ हजारभन्दा बढी प्रतिस्पर्धी सहभागी थिए ।


‘विश्वकप फुटवल २०१८’ प्रतियोगिता भर कम्पनीको फेसबुक पेजमार्फत ‘प्रेडिक्ट एण्ड विन’ कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रकाशित : श्रावण ३०, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?