कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

शिक्षक बेपत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — टोखा नगरपालिका १ मा रहेको बौडेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण फुयाल तीन दिनदेखि बेपत्ता भएका छन् । 

शिक्षक बेपत्ता

शिक्षा सेवा आयोगको परीक्षाका लागि माध्यमिकस्तरीय पुस्तक किन्न भनी सोमबार साँझ तार्केश्वर नगरपालिका २ काभ्रेस्थलीमा रहेको घरबाट भोटाहिटी जान्छु भन्दै निस्केका फुयाल सम्पर्कविहीन भएका उनका आफन्तले जनाएका छन् । उनी बौडेश्वर उमाविमा प्राथमिक तहका स्थायी शिक्षक हुन् ।


शिक्षक फुयाल चढेको बा८५प ९३३६ नम्बरको मोटरसाइकल भने प्रहरीको सहयोगमा मंगलबार चितवन नजिकै जलबिरे भन्ने ठाउँमा भेटिएको उनका भिनाजु पूर्णप्रसाद तिम्लसिनाले जानकारी दिए । मोटरसाइकल उपत्यकाबाहिर फेला पर्नुले घटना झन् शंकास्पद भएको भन्दै आफन्तजनले छिटो खोजी गरिदिन आग्रह गरेका छन् ।

बालाजु प्रहरी वृत्तले भने निरन्तर खोजी भइरहेको बताएको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?