कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो लाखे जात्रा

विद्या राई

काठमाडौँ — नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्रा मनाउन सुरु भएको छ । उपत्यकामा गठेमंगल पर्व र पूर्वी पहाडका जिल्लाहरुमा नागपञ्चमीको दिनबाट औपचारिक रुपमा सुरु भएको छ । 

सुरु भयो लाखे जात्रा

काठमाडौंको शान्तीनगर, बानेश्वर, शंखमुल, पुरानो बानेश्वर, सिनामंगल क्षेत्रका नेवार समुदायले नागपञ्चमीदेखि लाखेजात्रा औपचारिक सुरु भएको छ । उनीहरुले लाखे निकालेर चोक, गल्लीहरुमा नाच्दै, मन्दिरमा पुजा गरेर तथा हाासको बलि दिएर जात्रा सुरु गरेका छन् ।


नेवार समुदायको बाहुल्य रहेको स्थान विशेष विभिन्न तिथि, मितीमा मनाउन सुरु गरिने लाखेजात्राको कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म धुमधामका साथ मनाइन्छ । उपत्यकामा इन्द्रजात्रा र गाइजात्राको बेला चहलपहल बढी हुन्छ ।


नेवार समुदाय र संस्कृति तथा परम्परासँग जानकार राख्ने अगुवा काशीनाथ तमोटका अनुसार लाखेजात्रा देशविदेशमा प्रसिद्ध हँुदै गएको छ । यस समुदायमा देवीदेवताको पुजाआजा र भक्तिभाव गर्ने चलन बढी हुन्छ । परापूर्वकालमा नेवार अग्रजहरुले देवता, देवीयोनी(राक्षस) र मानिस देवता तीनथरीका प्रणीको परिकल्पना गरेका थिए ।


तीनथरी मध्ये देवीयोनीलाई मानिसको सहयोगीका रुपमा मान्दै आएको र लाखेजात्रा रुपमा मनाउदै रमाइलो गर्दै आएको अगुवा तमोटले बताए । ‘लाखेजात्राले रमाइलो पनि हुने भयो, मनोरञ्जन पनि दिने भएर नेवार समुदाय बसेको ठाउँमा मनाइन्छ, अन्य समुदायलाई नी आकर्षक बन्दै आयो र देशविदेशमा ‘पपुलर’ हुदै आयो’ उनले भने ।


नेवार समुदायको धार्मिक र सांस्कृतिक रुपमा गहिरो सम्बन्ध रहेको लाखेजात्राको रौनकले उपत्यकाका चोक, गल्ली, बजारहरु गुञ्जयमान बन्ने गर्छन् । नेवार समुदायका अग्रज तथा युवाहरु भेला भएर लाखेजात्रामा ढोल, झ्याम्टा बजाउँदै, नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गरिन्छ । यसैगरी विभन्न जिल्ला सदरमुकाम र गाउँघरमा सदरमुकाम तथा गाउँको परिक्रमा गराइन्छ ।


जात्राको मुख्य आकर्षण भनेकै मुकुण्डोधारी लाखे हुन्छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरुलाई नक्कल गर्दै लाखेसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गरिन्छ । लाखे बन्नेले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर तयार भएर बसेको हुनुपर्ने हुन्छ ।


यस जात्रालाई नेवार समुदायले विशेष महत्वका साथ मनाउछ । ‘साँस्कृतिक, धार्मिक महत्व त छदैछ, सँगै आपसी भाइचारा, भातृत्व कायम राख्ने, घर परिवार, आफन्तजन जमघट हुने, दु:खसुख आदानप्रदान गर्ने माध्यम हो । ’ नेवा: देय् दवूका केन्द्रिय अध्यक्ष नरेन्द्र ताम्राकारले बताए ।


लाखेजात्राको अवसरमा नेवार समुदायका परिवार, आफन्त, इष्टमित्र, साथीभाई भेला भएर मिष्ठान्न भोजन गर्ने, रमाइलो गर्ने गर्छन् । अध्ययन, जागिर तथा व्यवसायका क्रममा टाढा–टाढा गएर परिवारका सदस्यहरुको पनि लाखेजात्राको अवसरमा एकठाउा भेला हुन्छन् ।


उपत्यका तथा सहरबजारमा लाखे भव्य मनाउने चलन कायमै भएपनि गाउँमा यसको रौनक हराउदै गएको नेवार समुदायको अग्रजको चिन्ता पनि छ । १० वर्ष अघि नेवारी समुदाय बसेका गाउँ—गाउँमा समेत लाखेजात्रा धुमधामका साथ लाग्ने गथ्र्यो ।


गाउँबाट जिल्ला सदरमुकाममा समेत जात्रा देखाउन आउनेहरुको घुइँचो लाग्थ्यो । बजारमा लाखे निस्किदा बाटोमा खुट्टा राख्ने ठाउा समेत हुदैनथ्यो । लाखे हेर्ने मानिसहरुको भिडले केटाकेटी र वृद्धहरुलाई हिड्ँनलाई समेत मुस्किल पथ्र्यो ।

तर अहिले सदरमुकाम समेत लाखेजात्रा देख्न मुस्किल पर्दै गएको छ । दशक लामो देशमा सशस्त्र द्वन्द्वले नेवार समुदायका मानिसहरु सुविधा सम्पन्न शहरमा पलायन भएका र पलायन भएका युवाहरुको कम चासोका कारण सदियौदेखिको संस्कृति पर्व लाखेजात्रा लोप हुदै जान थालेको भोजपुरका गणेश श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र १, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?