उपत्यका
भाद्र ३, २०७५

त्रिविमा नेपालभाषा पढ्ने बढे

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर सेमेस्टर प्रणाली सुरु गरेपछि नेपालभाषा (नेवारी) पढ्नेको संख्या बढेको छ । यतिखेर नेपालभाषा स्नातकोत्तर तहमा २२ जना विद्यार्थी पढ्दैछन् भने सातजनाले विद्यावारिधी शोध गर्दैछन् ।

सार्वजनिक गाडीमा अझै सास्ती

चाँगुनारायण–६ नगरकोटका विकास तामाङ बागेश्वरी कलेज च्याम्हासिंहमा अध्ययन गर्छन् । कमल विनायकदेखि नगरकोटसम्मको करिब १२ किलोमिटर दूरीको यात्रा गर्न उनलाई निकै कष्टकर हुन्छ ।

भाद्र २, २०७५

राष्ट्रपति भण्डारी स्वयम्भू निरीक्षणमा

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको स्वयम्भूमा अवस्थित हालैमात्र जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको शनिबार निरीक्षण गरेकी छन् । स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पुर्‍याएका अनन्तपुर, प्रतापपुर, शान्तिपुर, वायुपुर, वासुपुर एवं अन्य १७ वटा सम्पदाको हालै पुनःनिर्माण सम्पन्न भएको हो ।

बल्ल अन्डरपास

कलंकी चोकमा शुक्रबार भेटिएका ट्याक्सीचालक वसन्त लामा अन्डरपास (भूमिगत बाटो) ले ट्राफिक जाममा कमी आउनेमा ढुक्क देखिन्थे । ५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका उनी कलंकीदेखि कालीमाटीसम्म दैनिक हुने ट्राफिक जामले आजित भइसकेका थिए ।

भाद्र १, २०७५
ADVERTISEMENT

त्रिवि मानवशास्त्र विभागमा विद्यार्थीको तालाबन्दी, विभाग प्रमुख उप्रेतीले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभाग प्रमुखले आफ्ना माग सुनुवाइ नगरेको भन्दै विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

फोहोर फाल्न लाम

बिहीबार दिउँसो नुवाकोटको सिसडोलमा फोहोर बोकेका टिपर र ट्रक सडकमा लाम लागेका थिए । केही चालक चर्को घामबाट बच्न छहारीमा बसेका थिए भने कोही गाडीभित्रै गीत बजाएर आराम गरिरहेका देखिन्थे ।

माटो थुपार्नाले बस्तीमा धोबीखोला

व्यवस्थित सहरीकरणका लागि बस्ती बीचको खोला किनारमा सडक, फुटपाथसहित करिडोर निर्माण गरियो । करिडोर निर्माणको सही सदुपयोग हुन भने हुन सकेन ।

श्रावण ३१, २०७५

सुरु भयो लाखे जात्रा

नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्रा मनाउन सुरु भएको छ । उपत्यकामा गठेमंगल पर्व र पूर्वी पहाडका जिल्लाहरुमा नागपञ्चमीको दिनबाट औपचारिक रुपमा सुरु भएको छ । 

साउदी जेलमा रहेका नेपालीको रिहाइका लागि ६७ लाख हस्तान्तरण

साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि सङ्कलन गरिएको ६७ लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरिएको छ । 

सिन्डिकेट अन्त्यको अनुभूति भएन

केही दिनअघि सुन्धाराबाट दिउँसो सवा एक बजे टोखा जान छुटेको १२ सिटे सानो माइक्रोमा १९ यात्रु थिए । चालकको सिट पछाडि उल्टोपट्टि ४ जना र ढोकासँगै थपिएको सिटमा ३ गरी १९ यात्रु माइक्रोमा थिए ।

‘सहुलियत ऋण पाइएन’

भूकम्पले भक्तपुर नगरपालिका–५ तौमढीका विजेन्द्र पक्वांको घर भत्कियो । उनको तीनजनाको परिवार ३९ महिनादेखि ग:पलीस्थित डेरामा बस्दै आएको छ ।

दलित अभियन्तालाई ५ लाखको अवार्ड

सुदूरपश्चिमका जिल्लामा सामाजिक न्यायका लागि संघर्षरत बैतडीकी सरस्वती नेपाली अन्तर्राष्ट्रियस्तरको अवार्डबाट बुधबार राजधानीमा सम्मानित भएकी छन् ।