दुर्घटना एकको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — तीनकुनेमा सोमबार अपरान्ह भएको दुर्घटना परी एक महिलाको मृत्यु भएको छ ।

अपरान्ह ३: ५० बजे बा ५१ प ५४०७ नम्बरको स्कुटरलाई कारले ठक्कर दिदा बा ४ ख १११ नम्बरको महानगर यातायातको चक्कमुनी परेर सानु गिरीको मृत्यु भएको हो ।

Yamaha

स्कुटर गिरीका छोरा सुदर्शनले कुदाएको माहनगरीय प्रहरी वृत्त तीनकुनेले जनाएको छ । घाइते सुर्दशन गिरीको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र ४, २०७५ २१:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेकपाको दियो पार्टी एकता कार्यदललाई भदौ ७ गतेसम्मको म्याद 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाले पार्टी एकताको प्रस्ताव तयार गर्न गठित कार्यदललाई भदौ ७ गतेसम्मका लागि समय थप गरेको छ । 

पार्टी एकता सम्बन्धि प्रस्ताव तयार गर्न गठित कार्यदलले केन्द्रमा प्रतिवेदन बुझाउन नसकेपछि नेकपाले समय थप गरेको हो । केन्द्रमा पार्टी एकता भएपनि प्रदेश,जिल्ला र जनवर्गीय संगठनहरुको एकता हुन सकेको छैन ।

तल्लो तहको पनि एकताको अन्तिम टुंगो लगाउने गरी तय गरिएको स्थायी समितिको बैठक पनि १० दिन पर सारिएको छ ।

नेकपाका प्रवक्ता नारयाणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठक भदौ १९ र २० गते बस्नेछ । यसअघि ८ र ९ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो ।

प्रदेश र जिल्लाका एकता सम्बन्धिको अन्तिम रिर्पोट तयार नभएकाले स्थायी कमिटीको बैठक पर सारिएको हो।

प्रकाशित : भाद्र ४, २०७५ २१:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT