कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बन्द भए पशुपतिका सांस्कृतिक बाटा

पर्खालले ढोकाबाट छिर्ने बाटो बन्द गरेको छ 

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषसँगैको वेदविद्याश्रम माविको दक्षिणतिर अहिले धमाधम पर्खाल लगाइँदै छ । पशुपति क्षेत्रका ९ बस्ती मध्येको एक इतापाखा हुँदै यही स्कुलभित्र जाने बाटो थियो यहाँ । त्यहाँ पस्ने एउटा थोत्रो ढोका अहिले पनि छ ।

बन्द भए पशुपतिका सांस्कृतिक बाटा

त्यही ढोकाको माथितिरबाट पर्खाल गएको छ । पर्खालले ढोकाबाट छिर्ने बाटो बन्द गरेको छ । अब यहाँबाट गुठीयार भित्र जान पाउने छैनन् ।

यो गेटको दक्षिणतिरबाट अर्काे बाटो थियो । यो त्यही बाटो हो, जहाँबाट पशुपति क्षेत्रका मुख्य जात्रा चलाइन्छ । कोषको पूर्वतिर लगाइएको पर्खालले यो बाटो पनि बन्द भएको छ । पशुपतिनाथका भण्डारी केदारमान भण्डारीका अनुसार यो बाटो देशोद्धार पूजा गर्दा प्रयोग हुन्छ । ‘देशोद्धार पूजा पशुपति क्षेत्रको मात्र नभई उपत्यकाकै पहिलो जात्रा हो,’ भण्डारी भन्छन्, ‘अहिले यो बाटो बन्द गरियो ।’

यही बाटो भएर पशुपतिको अर्काे महत्त्वपूर्ण जात्रा त्रिशूल जात्रा पनि मनाउने गरिन्छ । यो जात्राको मार्ग पनि इतापाखामै भेट हुन्छ । यहाँबाट जयवागेश्वरी, सिफल, सिफल डाँडा घुमेर फेरि पशुपति नै आउँछ । ‘यहाँ पनि समस्या छ,’ उनी भन्छन्, ‘बाटो मिचिएका छन् । कतै व्यक्तिले कम्पाउन्ड लगाएका छन् । त्रिशूल जात्राकै तीन वटा खट हुन्छन् । ती खट लैजान समस्या हुन्छ ।’

प्रकाशित : भाद्र ७, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?