पेप्सीकोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — मूलपानीबाट रत्नपार्क आइरहेको बसले पेप्सीकोलामा मोटरसाइकल र स्कुटीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

तस्बिर : स्वरुप आचार्य/कान्तिपुर

बा २ प ख ८४११ नम्बरको बसले पेप्सीकोलामा बा ६३ प ४७५६ , बा ६६ प ३३ १९, बा ९३ प ६६० नम्बरका मोटरसाइकल र एउटा स्कुटीलाई ठक्कर दिएको थियो।तीव्र गतिमा मूलपानीबाट जडिबुटीतर्फ गइरहेको बस अनियन्त्रित हुन पुग्दा दुर्घटना भएको थियो।

Yamaha

बस चालक निरञ्जन राई लाइसेन्सविहीन रहेको प्रहरी अनुमान छ । उनलाई मध्य उपत्यका बस व्यवसायी संघले गाडी चलाउन दिनअस्थायी परिचय पत्र दिएको भेटिएको छ । ।


Esewa Pasal

प्रकाशित : भाद्र १६, २०७५ १७:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘जनतालाई निराश हुन दिदैनौँ’

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको सरकारबाट जनताले गरेको आशालाई निराशामा परिणत हुन नदिने बताएका छन् । 

फाइल तस्बिर ।

राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुढिगंगा १ टंकीसिनवारीको शनिबार आयोजित १८ औँ वार्षिक साधारण सभामा उनले लामो समयको अस्थिरतापछि प्राप्त राजनीतिक स्थायित्वलाई अवसरको रुपमा उपयोग गर्नुको विकल्प नभएको बताएका हुन्।

उनले यहाँका महिलाहरुले मुलुक द्वन्द्व र अस्थिरताकोबीच संकटग्रस्त भएको अवस्थामा महिलाहरुले संगठित भएर स्थापना गरेको सहकारी यहाँको आर्थिक स्तम्भ भएको बताए।

‘महिलाहरुले अधिकार प्राप्तीको अभियान चलाइरहेको बेला यहाँका महिलाहरुले चलाएको सफल सहकारी अभियानले आर्थिक रुपमै सशक्त बनाएको छ ,’ उनले भने, ‘यस महिला सहकारीले विभिन्न क्षेत्रमा गरेको लगानीले महिलाहरुले रोजगारी पाउनुका साथै आर्थिक रुपमा आत्मनिर्भर भएका छन्।’

महिलाहरुको प्रयासले घरायसी र व्यवहारिक जीवनमा सहजता प्रदान गरेको उनको भनाइृ थियो। ‘यो सहकारी जुनसुकै क्षेत्रसँग साझेदारी र सहकार्य गरेर काम गर्न सक्षमता प्राप्त गरेको छ,’ उनले भने, ‘प्रदेश सरकारले पनि सहकारीलाई प्राथमिकतामा राखेको छ र यस सहकारीसँग साझेदारी गरेर काम गर्न चाहन्छ।’

उनले एक अर्को प्रसंगमा सरकारले ५ वर्षभित्र सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याउने बताए। उनले आउँदो वर्षदेखि सरकारले सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जनाए।

प्रकाशित : भाद्र १६, २०७५ १६:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT