उपत्यका

National

बाल्टिनमा डुबेर बालकको मृत्यु

पानी भरिएको बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई चाँगुनारायण–३ झौखेल बस्ने देवेन्द्र श्रेष्ठका छोरा २ वर्षीय प्रत्रुश श्रेष्ठको पानी भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

बाल्टिनमा डुबेर बालकको मृत्यु

विश्वसम्पदामा कंक्रिट प्रयोग : ‘अनुमति दिइएको छैन’

पुरातत्त्व विभागले पशुपति क्षेत्रको मुख्य वन सम्पदा श्लेष्मान्तमा सिमेन्ट राख्न अनुमति नदिएको दाबी गरेको छ । पशुपति क्षेत्र विकास कोषले पुरातत्त्वको अनुमति लिएर ढुंगा अडाउन सिमेन्ट प्रयोग गरेको बताएपछि पुरातत्त्व विभागले नदिएको प्रतिक्रिया दिएको हो ।

विश्वसम्पदामा कंक्रिट प्रयोग : ‘अनुमति दिइएको छैन’

छपेली–माझखण्ड केबलकार: ६० करोड लागतमा स्थानीयले बनाउँदै

ललितपुरको इकुडोल माझखण्डका योगमान स्याङतानका साथी डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी उडे । ३५ वर्षीय विशाल बोम्जन गाउँमा बसेर छोराछोरीको उज्वल भविष्य नभएको भन्दै बिदेसिएका थिए ।

छपेली–माझखण्ड केबलकार: ६० करोड लागतमा स्थानीयले बनाउँदै
भाद्र १८, २०७५

तलब कम भएपछि काठमाडौंका जनप्रतिनिधि असन्तुष्ट

प्रदेश सरकारले निर्धारण गरेको तलब सुविधाप्रति काठमाडौं महानगरका जनप्रतिनिधिहरुले असन्तुष्टि जनाउँदै आएका छन् । प्रदेश सरकारले निर्धारण गरेको तलब कम भएको भन्दै जनप्रतिनिधिले सपथ लिएको १४ महिना बित्दासम्म एक रुपैयाँ पनि तलब लिएका छैनन्। 

तलब कम भएपछि काठमाडौंका जनप्रतिनिधि असन्तुष्ट
भाद्र १७, २०७५

अनलाइनकी प्रबन्ध निर्देशक सापकोटा रिहा

काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएर थुनामा पठाइएकी अनलाइनकी प्रबन्धक एवं निर्देशक प्राप्ती सापकोटालाई धरौटीमा रिहा गरेको छ । सात दिन थुनामा बसेपछि उनी ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकी हुन् ।

अनलाइनकी प्रबन्ध निर्देशक सापकोटा रिहा

सर्पदंशका बिरामी बढे

राजधानीका अस्पतालमा सर्पले टोकेका बिरामीको संख्या केही दिनयता ह्वात्तै बढेको छ । वर्षायामसँगै सर्पको बिगबिगी बढेपछि बिरामीको संख्यामा वृद्धि भएको हो । अस्पताल आउने बिरामी उपत्यका आसपासका ग्रामीण भेगका बढी छन् ।

सर्पदंशका बिरामी बढे

पहिरोको जोखिम

भक्तपुरमा स्थानीय तहको स्वीकृतिबिना नै जग्गा प्लटिङ गरिएको पाइएको छ । मापदण्डविपरीतको प्लटिङका कारण सूर्यविनायक नगरपालिका–८ नैचाल बैदरटोल पहिरोको जोखिममा परेको छ ।

पहिरोको जोखिम
भाद्र १६, २०७५

पेप्सीकोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

मूलपानीबाट रत्नपार्क आइरहेको बसले पेप्सीकोलामा मोटरसाइकल र स्कुटीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

पेप्सीकोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

गोप्य मन्दिर बनाउन विदेशी गुहारिँदै

हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ आगम्छे । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ । तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता रहेको मन्दिर जीर्णाेद्धार गर्न पुरातत्त्व विभागले जापानलाई दिने तयारी गरिरहेको छ ।

गोप्य मन्दिर बनाउन विदेशी गुहारिँदै

बाहिरी चक्रपथ: मापदण्डविपरीत कित्ताकाट

सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ आयोजनामा तोकिएको सडकसीमाभित्र ‘ल्यान्ड पुलिङ’ मापदण्डविपरीत जग्गा कित्ताकाट गरिएको भन्दै उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीसँग स्पष्टीकरण मागेको छ ।

बाहिरी चक्रपथ: मापदण्डविपरीत कित्ताकाट