उपत्यका
भाद्र २६, २०७५

डिप्रेसनले आत्महत्या

डिप्रेसनका कारण आत्महत्या बढ्दो छ । नेपाल प्रहरीका अनुसार नेपालमा दैनिक १५ जनाले आत्महत्या प्रयास गरिरहेका छन् । यसका कुनै उमेर समूह भन्ने किटान छैन । सबै उमेर समूहका मानिसलाई डिप्रेसनले आत्महत्यासम्म पुर्‍याएको छ ।

बालिकाले बनाए सिड प्रतिवेदन

महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि (सिड) समितिमा पठाउने द्देश्यले नेपाली बालिकाले छायाँ प्रतिवेदन तयार गरेका छन् ।

भाद्र २५, २०७५

बेवारिसे राख्न ‘बा–आमा घर’

उनी लास देखेर डराउँदैनन् । बेवारिसे शवहरूमा आफ्नै हातले दागबत्ती पनि दिन्छन् । यस्ता फरक व्यक्ति हुन् महालक्ष्मी नगरपालिका–७ चाँगाथलीका विनयजंग बस्नेत । उनले अहिलेसम्म १ सय ४५ वटा बेवारिसे शवको दाहसंस्कार गरिसकेका छन् ।

रानीपोखरी विवाद सुल्झिएन

रानीपोखरीको बालगोपालेश्वर मन्दिर विज्ञको सुझावविपरीत पुरातत्त्व विभागले पुनर्निर्माण सुरु गरेपछि उत्पन्न विवाद जटिल बन्दै गएको छ । प्रताप मल्लकालीन गुम्बज शैलीमा बनाउन माग गर्दै सम्पदा संरक्षण अभियन्ताले दबाब दिएपछि काम फेरि रोकिएको छ ।

भाद्र २३, २०७५

अस्पतालमा बढ्यो चोरी

मंगलबार बिहान ४ बजे एक युवक थापाथलीस्थित प्रसूतिगृहको क्याबिनमा छिरे । उपचारका लागि एकजना मात्र राखिएको क्याबिनमा अपरिचित व्यक्ति पसेपछि बिरामीपक्ष एकछिन आत्तिए ।

ADVERTISEMENT

गुँला बाजामै बित्यो ३ दशक

ठेंचो न्ह्यछेँ टोलका ५५ वर्षीय जितगोविन्द्र महर्जनको पुर्खाले गुँला बाजा बजाउँदै आएको तीन शताब्दी भयो । उनको पुस्ताले मल्लकालदेखि न्ह्यछेँ दाफा (एक प्रकारको बाजा) खलकमा कजी (व्यवस्थापक) को जिम्मेवार सम्हाल्दै आएका छन् ।

भाद्र २२, २०७५

भक्तपुरका भित्री सडकको बिजोग

मध्यपुर थिमि कौशलटारबाट सूर्यविनायक बालकोट हुँदै बिरुवा जाने मुख्य सडकमा स्कुटर, मोटरसाइकललगायत सवारीसाधन चिप्लिएर दुर्घटनामा नपरेका त दिनै हुँदैनन् ।

भाद्र २१, २०७५

जथाभावी विज्ञापन बोर्डः अनुमति दिने कर्मचारीलाई कारबाही भएन

काठमाडौं महानगरपालिकाले विज्ञापन नीतिविरुद्ध होडिङ बोर्ड तथा प्रचारप्रसार सामग्री राख्न दिने कर्मचारीलाई  कारबाही गर्न सकेको छैन । राजश्व विभागका कर्मचारीले विज्ञापन बोर्ड तथा प्रचारप्रसार सामग्री राख्न हचुवाको भरमा दिएको महानगरको ‘विज्ञापन छानबिन बोर्ड समिति’ को प्रतिवेदनमा उल्लेख छ ।

एम्बुलेन्सलाई झन् जाम

केही दिनअघि आफन्तलाई अचानक बिसन्चो भएपछि जनकपुरका पवन कर्णले स्थानीय अस्पतालमा पुर्‍याए । चिकित्सकले तत्काल सामान्य उपचारपछि काठमाडौं रिफर गरिदिए ।

श्लेष्मान्तकमा कंक्रिट: निर्माण रोक्न पुरातत्त्वको निर्देशन

पुरातत्त्व विभागले पशुपति क्षेत्रको श्लेष्मान्तकमा कंक्रिटको पैदल मार्ग निर्माण रोक्न निर्देशन दिएको छ । विभागले बुधबार पशुपति क्षेत्र विकास कोषलाई पत्र लेख्दै तत्काल काम रोक्न निर्देशन दिएको हो ।