कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विद्यालयमा योग अनिवार्य

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब विद्यालय शिक्षामा योग पनि समेट्ने भएको छ । मन्त्रालयले प्रत्येक कक्षामा योगसम्बन्धी पाठ अनिवार्य राख्ने नीति लिएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ मा उक्त विषय समेटिएको हो ।

विद्यालयमा योग अनिवार्य

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले २२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्यार्थीको स्वास्थ्य तथा व्यक्तित्व विकास गर्न अतिरिक्त क्रियाकलापलाई जोड दिएका हुन् ।

‘विद्यालयले विद्यार्थीलाई स्वस्थ राख्न तथा व्यक्तित्व विकास गराउन खेलकुद, व्यायाम, योग, ध्यानजस्ता क्रियाकलाप प्याकेजका रूपमा सञ्चालन गर्ने,’ बाह्रौं बुँदामा उल्लेख छ, ‘विद्यार्थीहरूमा प्रत्येक बिहान योग तथा व्यायाम गर्ने बानीको विकास गराउने, उनीहरूको बहुआयामिक प्रतिभा प्रस्फुटन गराउन प्रत्येक साता एक खेलकुद वा अतिरिक्त क्रियाकलाप अनिवार्य रूपमा व्यवस्था गर्ने ।’

विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी २०७३–२०८०) को उद्देश्यमा योगलाई प्राथमिकतामा राखिएको छ । शिक्षा मन्त्रालयले २०७२ बाट माघ १ लाई ‘राष्ट्रिय योग दिवस’ का रूपमा मनाउँदै आएको छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?