बसको ठक्करबाट दुईको मृत्यु

भक्तपुर — काठमाडौंबाट काभ्रेतर्फ जाँदै गएको यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

बसको ठक्करबाट दुईको मृत्यु

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका भातेढिकुरमा बिहीबार साँझ काठमाडौंबाट यात्रु बोकेर गईरहेको बा २ ख ९४५४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा ८० प ६९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसको ठक्करबाट सख्त घाइते मोटरसाइकल चालक काभ्रे पनौती नगरपालिका–९ का ३५ वर्षीय सुर्दशन तिमल्सिना र मोटरसाइकलमा सवार चितवन घरभई मध्यपुर थिमि गठ्ठाघर बस्ने १८ वर्षीया एलिसा अधिकारीको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको छ ।


मृतकको शव भक्तपुर अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । बस चालक फरार रहेको र खोजी कार्य भईरहेको उनले बताए ।

प्रकाशित : आश्विन ४, २०७५ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?