३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाँच पुरस्कृत

काठमाडौँ — काठमाडौंमा एउटै मञ्चमा विभिन्न क्षेत्रमा क्रियाशील पाँच व्यक्तित्व पुरस्कृत तथा सम्मानित भएका छन् । जनही ५–५ हजार रुपैयाँ पुरस्कार र ताम्रपत्रले सम्मानित भएकाहरुमा रेडियोकर्मी रमिता यादव, गायक रामकृत यादव, कानुन व्यवसायी विजयकुमार यादव, कृषि क्षेत्रमा योगदान पुर्याउने देवनाथ यादव र खेलाडी जनक यादव छन् ।

पाँच पुरस्कृत

नेपाल यादव सेवा समितिले आफ्नो वार्षिक साधारणसभामा विभिन्न व्यक्ति संरक्षक रहेका पाँच पुरस्कारहरु प्रदान गरेको जनाएको छ ।


समितिका अनुसार रमितालाई ‘रेखा यादव स्मृति पत्रकारिता पुरस्कार’, रामकृतलाई ‘गांगोदेवी यादव स्मृति गायन पुरस्कार’, विजयकुमारलाई ‘गंगाराम यादव स्मृति कानून व्यवसायी पुरस्कार’, कृषि क्षेत्रमा योगदान पुर्याउने देवनाथलाई ‘भोलाराय यादव स्मृति कृषक पुरस्कार’ तथा जनकलाई ‘राजेश्वरीदेवी स्मृति खेलकूद पुरस्कार’ प्रदान गरिएको हो ।


प्रकाशित : आश्विन ७, २०७५ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?