भक्तपुर क्यान्सर अस्पतालमा अक्टुबर महिनाभर नि:शुल्क स्तन क्यान्सर परीक्षण

अतुल मिश्र

काठमाडौँ — नेपाल अर्बुद रोग निवारण संस्थाले भक्तपुर क्यान्सर अस्पतालमा अक्टुबर महिनाभरी नि:शुल्क स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा अक्टुबर महिनाभर नि:शुल्क स्तन क्यान्सर परीक्षण

आगामी सोमबारदेखि एक महिनासम्म नि:शुल्क स्तन क्यान्सर परीक्षण गरिने भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अक्टुबर महिनाभरी ‘स्तन क्यान्सर सचेतता महिना’को रुपमा मनाइनेछ । त्यसअवधिमा स्तन क्यान्सर सचेतताका लागि देशव्यापी रुपमा कार्यक्रम गर्ने जनाइएको छ ।


काठमाडौंसहित आफ्नो ४२ वटा जिल्ला शाखाको सक्रियतामा स्तन क्यान्सरबारे जनचेतना बढाउन काम गर्ने संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले बताए । संस्थाले राजधानीको बसन्तपुर दरबार क्षेत्रमा आश्विन २७ गते बिहान स्तन क्यान्सर सचेतता र्‍याली आयोजना गर्ने जनाएको छ ।


यस्तै भक्तपुरको ध्याम्पेडाँडामा आश्विन ३१ गते ‘कलर द स्काइ विथ पिंक काइटस’, कार्यक्रमअन्तर्गत आकाशमा गुलाफी चङ्गा उडाइने छ ।


भक्तपुर क्यान्सर अस्पतालको माध्यमले क्यान्सरसम्बन्धी उपचारात्मक सेवासँगै संस्थाले गत ५ वर्षदेखि सिरहा जिल्लाको लहानमा लहान क्यान्सर केयर सेन्टर सञ्चालन गरेर पूर्व क्षेत्रका रोगीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रकाशित : आश्विन १०, २०७५ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?