३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बागदरबार जोगाउन सर्वाेच्चमा रिट

कान्तिपुर संवाददाता

काठमाडौँ — चौतर्फी विरोध हुँदा हुँदै पनि भत्काउने ऐतिहासिक बागदबार भत्काउन काठमाडौं महानगरले सुरसार गरेपछि त्यसलाई जोगाउन सम्पदा संरक्षण अभियन्ता सर्वाेच्च अदालत गएका छन् ।

बागदरबार जोगाउन सर्वाेच्चमा रिट

प्रधानमन्त्रीदेखि महानगरका मेयरसम्म विपक्षी बनाएर बागदरबार भत्काउने कार्य तत्काल रोक्न उत्प्रेषण परमादेशलगायत अन्य जो चाहिने आदेश, आज्ञा जारी माग गर्दै रिट दायर गरिएको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता रमा पन्त खरेल, काठमाडौं स्कुल अफ ल का विद्यार्थी सञ्जय अधिकारी, सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेका हुन् । रिटमा लिच्छविकालीन, मल्लकालीन, राणाकालीन वा शाहकालीन सबै दरबार जोगाउन आदेश दिनसमेत माग गरिएको छ ।


रिटमा कामाठाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग, काठमाडौं महानगरपालिका कार्यालय, महानगरपालिका ११ नम्बर वडा कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रकाशित : आश्विन १७, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?