दसैं टीकाको दिन उपत्यकामा सेनाको नि:शुल्क बस चल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले कार्तिक २ गते दसैं टीकाको दिन काठमाडौं उपत्यकामा नि:शुल्क बस सञ्चालन गर्ने भएको छ ।

दसैं टीकाको दिन उपत्यकामा सेनाको नि:शुल्क बस चल्ने

विजया दशमीका दिन उपत्यकाभित्र सार्वजनिक सवारी साधन कम संख्यामा चल्ने भएकाले सैनिक तथा सर्वसाधारणको आवागमनमा सुविधा पुर्‍याउन ८ वटा रुटहरुमा बस सञ्चालन गर्न लागेको सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विज्ञप्ति अनुसार बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १/१ वटा बस सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।


यी हुन् नि:शुल्क बस चल्ने रुट

रुट नं.१— भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

रुट नं.३— भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।

रुट नं.४— भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउा, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।

रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, सााखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

रुट नं.७— भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

रुट नं.८— भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।


सेनाले दसैं बिदामा घर जाने सकलदर्जा तथा उनीहरुका परिवारका लागि पनि असोज २५ देखि नि:शुल्क बस सेवा सञ्चालन गरिरहेको छ । उक्त बसहरु काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ/त्रिशूली, चौतारा, हेटौंडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यकाभित्र आउने गरी व्यवस्था मिलाइएको छ । असोज २५ गतेबाट सुरु भएको बस सेवा ३१ गतेसम्म रहनेछ ।

प्रकाशित : आश्विन २८, २०७५ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?