कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका लगाइदिएका छन् । उक्त विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिएका हुन् । 

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरुको आवश्यकताका बारेमा विद्यालयका शिक्षकसँग चासो राखी राम्रो शिक्षा दिन आग्रह गरेका थिए ।


प्रकाशित : कार्तिक ३, २०७५ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?