कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लट्ठी प्रहारबाट मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — मादक पदार्थ सेवन गरी आफ्नै साथीले बाँसको लट्ठी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ  । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित एसएस पोल्ट्री फार्ममा काम गर्ने रोल्पा रुन्टीगढी–३ का ३७ वर्षीय गंगाराम दमाईको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ  ।

लट्ठी प्रहारबाट मृत्यु

दमाईलाई सँगै काम गर्ने रोल्पा लुङ्ग्री–६ का २१ वर्षीय धनबहादुर परियारले मादक पदार्थ सेवनपछि भएको विवादमा लट्ठी प्रहार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।

प्रहारबाट सख्त घाइते दमाईको उपचार क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको उनले जनाए । परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?