३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सूर्यविनायक नगरपालिकामा पूर्णिमासम्म बिदा

कान्तिपुर संवाददाता

भक्तपुर — वडा दसैंको बिदा सकेर सरकारी तथा गैरसरकारी संघसंस्था आइतबारबाट सञ्चालन भएका छन् ।

सूर्यविनायक नगरपालिकामा पूर्णिमासम्म बिदा

तर, सूर्यविनायक नगरपालिका र नगरका १० वटै वडा कार्यालय भने खुलेका छैनन् ।


दसैंअघि नगरकार्यपालिकाको बैठकले दसैं बिदा फूलपातीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म नौ दिन दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र केसीले बताए ।


नगरपालिकामा काम गर्ने कर्मचारी धेरै उपत्यका बाहिरका रहेको र दसैंमा कार्यालयमा खासै काम नहुने भन्दै नगरकार्यपालिकाले कोजाग्रत पूर्णिमासम्म बिदा दिएको उनले बताए ।

प्रकाशित : कार्तिक ६, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?