२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

साइकल यात्री श्रेष्ठलाई श्रद्धाञ्जली, दर्घटनास्थलमा राखियो सेतो साइकल

कान्तिपुर संवाददाता

काठमाडौँ — एक हप्ता अघि कीर्तिपुरस्थित भल्भ च्याम्बरमा खसेर मृत्यु भएका साइकल यात्री श्याम सुन्दर श्रेष्ठलाई एक कार्यक्रमकाबीच शनिबार श्रद्धाञ्जली दिइएको छ । 

साइकल यात्री श्रेष्ठलाई श्रद्धाञ्जली, दर्घटनास्थलमा राखियो सेतो साइकल

ल्याबोरेटरी स्कुलको अगाडिको दुर्घटना स्थलमै पुगेर साइकलयात्रीहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उपत्यकाका साथै काभ्रेका विभिन्न साइकल प्रयोगकर्ताहरूको संगठन, श्रेष्ठ आबद्ध मनोक्रान्ति नेपाल लगायतका संस्थाहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनको सम्झनामा घटनास्थलमा सेतो साइकल राखिएको छ ।


चागल निवासी श्रेष्ठकी दिदी सुभद्राले राज्यबाट क्षतिपूर्ति पाउनुपर्ने बताएकी छन् । कार्यक्रममा बोल्दै उनले यो सामान्य दुर्घटना मात्र नभइ राज्यको लापरबाहीले श्यामको ज्यान लिएको बताइन् । सुभद्राले भावुक हुँदै आफ्नो भाइको ज्यान जानुमा राज्यको कतै न कतै दोष रहेकाले दोषी उपर कारबाही हुनुपर्ने बताइन् ।

पत्रकार तथा नागरिक अगुवा कनकमणी दिक्षितले श्रेष्ठको मरण व्यर्थ जान दिन नहुने बताए । ‘यस घटनामा कानुन र जवाफदेखिताको कुरा ल्याइनैपर्छ,’ दिक्षितले भने, ‘सानो जमात भएपनि आन्दोलनको सुरुआत गर्नुपर्छ । काठमाडौं स्मार्ट सिटी होइन, साइकल सिटी बन्नुपर्छ ।’


नेपाल साइकल सोसाइटिका अध्यक्ष रत्नराम श्रेष्ठले सम्बद्ध निकायहरूको गैर जिम्मेवारीपनले पीडित परिवारलाई थप पीडा दिएको बताए ।


साइकल यात्री श्रेष्ठको सम्झनामा दुर्घटनास्थलमा राखिएको सेतो साइकल । तस्बिरःशिल्पा कर्ण/कान्तिपुर

योगा शिक्षक र अध्यात्मतर्फ झुकाव राख्ने ३८ वर्षीय श्याम सुन्दर श्रेष्ठको घर फर्किने क्रममा गत शुक्रबार भल्भ च्याम्बरमा खसेर मृत्यु भएको थियो । भोलिपल्ट शनिबार बिहानै साइकल सहित उनको शव भेटिएको थियो ।


सडकमा राखिएको स्ल्याबमा साइकल ठोक्किएर खाल्डोमा लडेको र टाउकोमा चोट लाग्दा अचेत भई मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना लगत्तै केयुकेएलले उघारिएको उक्त भल्भ च्याम्बर स्ल्याबले छोपेको थियो । केयुकेएल प्रमुख महेश भट्टराईले प्रहरीले छानबीन प्रतिवेदन दिएपछि मात्र गल्ती देखिए क्षतिपूर्तिका विषयमा सोच्ने बताएका छन् ।

प्रकाशित : कार्तिक १७, २०७५ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?