३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भक्तपुरमा तीन सवारी ठोक्किँदा दुई जनाको मृत्यु

लीला श्रेष्ठ

भक्तपुर — टिपर, ट्रक र बस आपसमा ठोक्किँदा दुई जनाकाे मृत्यु भएकाे छ । शनिबार राति ११ बजेतिर  सूर्यविनायक–तीनकुने सडकखण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका ४ नयाँथिमिमा ट्रक र टिपरसँग काठमाडाैंबाट काभ्रे जाँदै गरेकाे बस ठाेक्किँदा ट्रक चालक र सहचालकको मृत्यु भएको हाे । 

भक्तपुरमा तीन सवारी ठोक्किँदा दुई जनाको मृत्यु

नयाँथिमिस्थित क्षयरोग अस्पताल नजिक चेकिङको लागि प्रहरीले रोकिराखेको बा २ क ३९३५ नम्बरको टिपर र बा २ ख १६५४ नम्बरको निसान ट्रकलाई सोही दिशाबाट आउँदै गरेको बा ५ ख ३७६५ नम्बरको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख डीएसपी मिलन केसीका अनुसार मृत्यु हुनेमा बा २ ख १६५४ नम्बरको निसान ट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सहचालक सोही स्थानका २८ वर्षीय सार्जन श्रेष्ठ छन् ।

चेकजाँचको लागि रोकिराखेको ट्रकलाई तीव्रगतिमा आएको बसले ठक्कर दिएपछि सख्त घाइते उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको डीएसपी केसीले बताए ।

टिपर र बसको चेपुवामा परेको ट्रक पूर्णरुपमा क्षति पुगेको छ भने, बस तथा टिपरमा पनि क्षति पुगेको छ । टिपर, ट्रक तथा बस र बसचालक काभ्रे पनौती नगरपालिका–३ का ३६ वर्षीय सुरेश सापकोटालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?