कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

स्थानीयद्वारा डिभिजन सडकमा तालाबन्दी

पप्पु–महालक्ष्मी–वल्र्डवाइड जेभीले निर्माण सम्झौता गरेको चापागाउँ–लेले सडक निर्माणमा भएको ढिलाइको विरोधमा स्थानीयले कार्यालयमा तालाबन्दीका साथै सडक ठप्प पारेका हुन् । 

ललितपुर — चापागाउँबाट सातदोबाटोतर्फ आउँदै गरेको बा५८प ८७४४ नम्बर मोटरसाइक बुधबार ठेचोमा चिप्लिएर लड्यो । चालक असोक दुलालको खुट्टा भाँचियो । दसैंमा ठेचोको सडकको खाल्डोमा बा५२प १२५३ नम्बरको स्कुटर चालक रामप्रसाद घिमिरे र कोपिला दुर्घटनामा परे ।

स्थानीयद्वारा डिभिजन सडकमा तालाबन्दी

यसअघि सुनाकोठीका राम महर्जन बा१६प ३५१९ नम्बरको बाइक सुनाकोठीस्थित सडकको खाडलका कारण दुर्घटनामा परे ।


यी तीन प्रतिनिधि पात्र मात्र हुन् । सडक खाल्डामा परेर थुप्रै व्यक्ति दुर्घटना परिसकेका छन् । तैपनि ठेकेदारले कालोपत्रे गर्न चासो नदिएको भन्दै ठेचोवासीले आइतबार सातदोबाटो–लेले चापागाउँ सडक बन्द गरेको छ । उनीहरूले ठेचो बुद्ध पोखरीमा बाँस राखेर बिहानैदेखि यातायात ठप्प परेका हुन् । सडक बन्द गर्दा ललितपुर दक्षिण भेगका यात्रु अलपत्रमा परेका थिए ।


यसले सवारी साधान प्रभावित बनेको थियो । यात्रु अलपत्रमा परेका छन् । ठेचो तल्लो लाछीका मिलन महर्जन भन्छन्, ‘जिल्ला प्रशासन कार्यालय र डिभिजन सडक कार्यालय हरिहर भवनमा पटकपटक जानकारी गराउदापनि बनाउन चासो नदिएकाले बन्द गर्न बाध्य भएका हाैं ।’ उनले अब पनि नबनाएमा कडा रूपमा प्रस्तुत हुन बाध्य हुने बताए ।


खुमलटारवासीले भने डिभिजन सडक कार्यालयमा ताला बन्दी नै गरे । ललितपुर महानगर–१५ वडाध्यक्ष सुदर्शन मिश्रको नेतृत्वमा गएको टोलीले नाराबाजा पनि गरे । वडाध्यक्ष मिश्रले साताभित्र बनाउन सुरु नगरेमा अनिश्चितकालीन तालाबन्द गर्ने चेतावनी दिए । ‘कुनै पनि बहान बनाउन पाउँदैन,’ उनले भने । डिभिजन सडक कार्यालय हरिहरभवन प्रमुख अमृतमनि रिमालले बुधबारभित्र काम सुरु गर्ने बताए । ‘नत्र ठेकेदारलाई कारबाही गर्छाैं,’ उनले भने ।


सातदोबाटो–लेले सडकको विभिन्न मितिमा ४ वटा ठेक्का भएको छ । सातदोबाटो–ढोलाहिटी ३.२ किमि सडक दिवा/शैलुङ जेभीले २३ करोड ३१ लाख ४६ हजारमा २०७५ कात्तिकमा सकिने गरी २०७३ मा म्याद थप गरेका थिए । हालसम्म २ करोड ८३ लाख १८ हजार खर्च गरिसकेका छ । तर पनि काम भने सम्पन्न भएको छैन । अहिले ढोलाहिटी क्षेत्र हिलाम्मे भएकाले अस्तव्यस्त बनेसँगै सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।


यस सडकमा पटकपटक काभ्रेका हीरालाल तामाङको बा१ह ४१७५ नम्बरको टेम्पु फसिसकेको छ । तामाङले सडक गतिलो नहुँदा एक जना चालकको मात्र आम्दानी घट्ने नभई मुलुकको अर्थतन्त्रमै असर गर्ने बताए । शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी प्रचण्डका घरबेटी हुन् । ढोलाहिटी–चापागाउँ ४ किमि सडक कन्टेक कम्पनीले २६ करोड ७१ लाख ९३ हजारमा २०७५ भाद्रमा सम्पन्न गर्ने गरेर २०७३ मा ठेक्का पाएका थिए ।


कन्टेकले हालसम्म ३ करोड ३० लाख ९८ हजार रुपैयाँ खर्च गरिसकेको छ । तर, २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । चापागाउँदेखि २ दशमलव ७ किमि सडक पप्पु–महालक्ष्मी–वल्र्डवाइड जेभीले ३७ करोड ५२ लाख ७६ हजारमा २०७६ मा सम्पन्न गर्ने गरेर २०७४ मा ठेक्का पाएका थिए । ठेकेदारले एक वर्षभन्दा बढी भइसक्दा पनि १० प्रतिशतसम्म मात्र काम सम्पन्न गरेको छ । खर्च भने ३ करोड ९० लाख ७५ हजार गरिसकेको छ । सडकको धूवाँधूलोले वरपरका स्थानीय पीडित छन् ।


चापागाउँ–लेले सरस्वतीकुण्डसम्म ३ दशमलव ११ किमि सडक पनि पप्पु–महालक्ष्मी–वल्र्डवाइड जेभीले नै ३७ करोड ५२ लाख ७६ हजारमा ठेक्का पाएका थिए । २०७६ मा सम्पन्न गर्ने गरी २०७४ असारमा ठेक्का पाएका थिए ।


ठेकेदारले १० प्रतिशत मात्र काम सम्पन्न गरेको छ भने ५ करोड ५२ लाख ९७ हजार खर्च गरिसकेको छ । खुमलटारवासीले भने इसिमोड–सुनाकोठी जोड्ने सडक ५ वर्षमा पनि नबनाएको भन्दै विरोध जनाएका हुन् । उक्त सडक ज्योति निर्माण सेवामा ठेक्का पाएका थिए ।

प्रकाशित : मंसिर ३, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?