३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुर्घटनामा परी एकको मृत्यु

भक्तपुर — भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित बस पकेटमा स्कुटर अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी एकको मृत्यु

मंगलबार दिउँसो नयाँथिमिबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६४ प ४६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक भक्तपुर–७ ईनाचोका ५३ वर्षीय आशाराम डुमरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर दुर्घटनाबाट सख्त घाइते डुमरुको उपचारको क्रममा डा ईवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।


प्रकाशित : मंसिर ४, २०७५ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?