कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

झुटो खबर लेखेको आरोपमा सम्पादक पक्राउ

काठमाडौँ — झुटो खबर लेखेको आरोपमा पोस्टपाटी डटकमका पत्रकार गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले चन्दलाई तारकेश्वर नगरपालिका मनमैंजुबाट पक्राउ गरेको हो ।

मंसिर ८ गते पूर्वप्रधामन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चितवन गएका बेला उक्त अनलाइनले ‘स्थानीयले खुकुरी प्रहारको प्रयास’ शीर्षकमा समाचार छापेको थियो । उक्त समाचार भ्रमपूर्ण तथा झुटो भएको निष्कर्षको आधारमा महाशाखाले चन्दलाई पक्राउ गरेको हो ।


महाशाखाका प्रवक्ता एसपी नरेन्द्र चन्दले सम्पादकविरुद्ध कसैको उजुरी नपरे पनि महाशाखाको नियमित मोनिटरिङका आधारमा उक्त समाचार भ्रमपूर्ण भएको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरेको बताए । उनले भने, ‘प्रेस काउन्सिलले आफनो हिसाबले काम गर्छ हामीले कानुन कार्यान्वयन गर्ने काम आफ्नो हिसाबले गर्छौं ।’


महाशाखाले पोस्टपाटीका सम्पादक चन्दविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाउने गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित : मंसिर ११, २०७५ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?