कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पर्यटन प्रवेश सेवा शुल्क स्थगित

भक्तपुर — चाँगुनारायण नगरपालिकाले नगरकोट आउने पर्यटकलाई लिँदै आएको प्रवेश सेवा शुल्क स्थगित गर्ने भएको छ । दोहोरो पर्यटन प्रवेश सेवा शुल्कको चौतर्फी आलोचना भएपछि नगरपालिकाले मंसिर २५ गतेबाट प्रवेश सेवा शुल्क स्थगित गर्ने भएको हो ।

पर्यटन प्रवेश सेवा शुल्क स्थगित

बुधबार बसेको ४१ औं नगरकार्यपालिकाको बैठकले यो निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । चाँगुनारायणले साउन १ र मन्डनदेउपुर नगरपालिकाले असोज २९ देखि प्रवेश सेवा शुल्क लिँदै आएका छन् ।


दुवै नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकलाई छुट्टाछुट्टै प्रवेश सेवा शुल्क लिएको विरोधमा स्थानीय बासिन्दा, पर्यटन व्यवसायी, मजदुरलगायत आन्दोलनमा उत्रिएका थिए । चाँगुनारायणतर्फ न्यु दक्षिणकाली सप्लायर्सले चाँगुनारायण ६ र तेलकोट ८ कलमसीबाट पर्यटक प्रवेश सेवा शुल्क लिन थालेका थिए ।


त्यस्तै, मन्डनदेउपुरले नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्यु टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकसँग प्रवेश शुल्क उठाउने गरी मञ्जरी निर्माण सेवालाई १ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।


चाँगुनारायणले सार्क राष्ट्रका पर्यटकसँग २ सय तथा अन्य राष्ट्रकासँग ३ सय रुपैयाँ प्रवेश सेवा शुल्क लिँदै आएको छ भने, मन्डनदेउपुरले सार्क राष्ट्र बाहेकका विदेशी पर्यटकसँग प्रतिव्यक्ति ३ सय ३९ रुपैयाँ र सार्क राष्ट्रभित्रका पर्यटकसँग २ सय रुपैयाँ (कर बाहेक) प्रति पर्यटक प्रवेश सेवा शुल्क उठाउने गरेको छ ।


नगरकोट आउने पर्यटकसँग प्रवेश सेवा शुल्क स्थगित गरे पनि चाँगुनारायण मन्दिर अवलोकनमा आउने पर्यटकसँग शुल्क लिने नगरप्रमुख मिश्रले बताए । चाँगुनारायण मन्दिरमा २०५५ देखि प्रवेश सेवा शुल्क उठाउन थालिएको थियो । दोहोरो शुल्ककै कारण नगरकोट अवलोकनमा आउने पर्यटक घटेको नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

प्रकाशित : मंसिर २०, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?