कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५५ झयाले दरबार खुला

भक्तपुर — भक्तपुर नगरपालिकाले विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रमा अवस्थित ५५ झयाले दरबार सर्वसाधारणका खुल्ला गरेको छ ।

नगरपालिकाको ६९ औं वार्षिकोत्सवको अवसरमा सातामा २ दिन ऐतिहासिक भित्तेचित्र अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकका लागि ५५ झयाले दरबार प्रवेश खुल्ला गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका कर्मचारीको निगरानीमा आन्तरिक तथा बाह्य पर्यटकले मंगलबार र शुक्रबार कार्यालय समयमा दरबार प्रवेश गर्न पाउने जनाएको छ ।


५५ झयाले दरबार प्रवेशका लागि आन्तरिक पर्यटक २० र विद्यार्थीले १० रुपैयाँ शुल्कको टिकट लिनुपर्छ भने, विदेशी पर्यटक, पाँच वर्षमुनिका बालबालिका, शारीरिक अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले नि:शुल्क प्रवेश पाउने नगरपालिकाले सूचना सार्वजनिक गरेको छ ।


भूकम्पअघि दरबार सातामा एक दिन मंगलबार खुल्ला गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटकका लागि दरबार खुल्ला गरे पनि भित्तेचित्र छुन, फोटो खिच्न निषेध गरिएको जनाएको छ ।

प्रकाशित : पुस ६, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?