कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

एकैदिन तीन जनाको मिर्गौला प्रत्यारोपण 

अतुल मिश्र

भक्तपुर — सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जीवित दाताहरुबाट बिहीबार तीन जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । प्रत्यारोपण केन्द्रको एउटै टोलीले गरेको हो ।

एकैदिन तीन जनाको मिर्गौला प्रत्यारोपण 

‘एक दिनमा हाम्रो टोलीले तीन जनाको मिर्गौला प्रत्यारोपण गर्नु गर्वको कुरा हो’, केन्द्रका निर्देशक एवं मिर्गौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले भने ।


डा.श्रेष्ठको नेतृत्वमा गरिएको तीनै प्रत्यारोपणमा शल्यचिकित्सकहरु राकेश बर्मा, विजय करवाल, दीपेश श्रेष्ठ, अनिषा तिवारी, नेफ्रोलजिष्ट कल्पना श्रेष्ठ, सागर श्रेष्ठ, लुसन सिंह, सुमित आचार्य, सन्तोष गुरुङ, एनेस्थेटिष्ट आरती राई, निभा श्रेष्ठ, रेखा श्रेष्ठ, सोभित थापासहित नर्सिङ टोलीअन्तर्गत कोपिला दाहाल, सेजन गुरुङलगायत संलग्न थिए ।

दुई वर्षअघि पनि केन्द्रमा एउटै टोलीले एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण गरेको थियो । तर, त्यति बेला प्रत्यारोपण दुई जीवित दाता र एक जना मस्तिष्क मृत्युबाट प्राप्त मृगौलाले गरिएको थियो । केन्द्रमा साढे ५ वर्षमा ५ सय ४९ वटा प्रत्यारोपण भइसकेको छ भने यो आर्थिक वर्षको ५ महिनामा ८१ प्रत्यारोपण भएको जनाइएको छ ।


प्रकाशित : पुस १९, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?