प्रहरीलाई बासकै समस्या

प्रशान्त माली

ललितपुर — ग्रामीण बस्तीमा होइन। ललितपुरको सहरी क्षेत्रमै खटिने प्रहरीको बासको बिजोग छ। पुस/माघको यो ठन्डीमा उनीहरू जेनतेन रात कटाउने गरेका छन्।

प्रहरीलाई बासकै समस्या

गृह मन्त्रालयले पाटन र पुल्चोक इन्जिनियरिङ कलेजमा हुन सक्ने हुलदंगालाई नियन्त्रण गर्न पाटनढोका क्षेत्रमा प्रहरी प्रभाग नै खडा गरिदिएको छ। प्रभागमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ११ जनाको दरबन्दी छ। तर, प्रभागमा कार्यालय प्रमुखको कार्यकक्ष पनि छैनरु। जम्मा एउटा कोठा छ, त्यहीं सबै प्रहरी कोच्चिएर सुत्ने गरेका छन्।


कोठामा ढाल, डन्डा, झैझगडा हुँदा शरीर सुरक्षा गर्ने सामान राख्ने मात्र नभई पोसाक झुन्डाउने ठाउँसमेत छैन। महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता शेखर खनाल भन्छन्, ‘पाटनढोका प्रभागमा सुत्ने ठाउँ नभएर केही प्रहरी डेरामा बस्दै आएका छन्।’


एकतले प्रभागको जस्तापाताको छानो खिइएको छ। बर्खामा पानी कोठामा पस्ने गरेकाले त्रिपालले छोपिएको छ। प्रभागसँगै व्यक्तिगत जग्गामा किचेन बनाइएको छ। जग्गाधनीले घर बनाउन जग खन्न लागेको भन्दै अयन्त्र सार्न पटकपटक दबाब दिइरहेको उनको भनाइ छ। भन्छन्, ‘शान्ति सुरक्षामा खटिनुपर्ने प्रहरीलाई गाँस, बास र कपासकै चिन्ता छ।’


उनले भवन बनाउन मन्त्रालयमा बजेट माग गर्न प्रभागको जग्गा गुठीको नाममा भएकाले समस्या भएको बता। ‘भवन बनाउन पाटनढोका क्षेत्रमा पर्याप्त जग्गा छ,’ उनले भने, ‘प्राप्त गर्न जनप्रतिनिधिसँग छलफल भइरहेको छ।’


भूकम्पपछि रातो स्टिकर लगाएको नख्खु बिट भवन ३ वर्षमा पनि मर्मत भएनरु। भवनको गारो नराम्रोसँग चर्केको छ। ढोका खोल्न/बन्द गर्न मिल्दैन। पूर्वपट्टि भित्ताका ३ वटा झ्यालमा सिसा राख्न नमिल्ने गरी बांगिएको छ। मिटर र धारा जडान छैन। किचेनमै खाट राखेर रात कटाउँदै आएका छन्रु। खाट जस्तापाताको छानाभन्दा एक मिटरको दूरीमा पनि छैन।


राति शीत चुहिएर ओछ्यान भिज्ने गरेकाले प्रहरी जवान अनिल महर पटक–पटक बिरामी परिसकेका छन्। उनी भन्छन्, ‘जाडोमा शीतले र बर्खामा गर्मीका कारणले रोग लाग्ने गरेको छरु।’ चिसोबाट बच्न प्रहरी जवान पदम रोकायाले भने जस्तापातामा फोम राखेर सुत्ने गरेका छन्। धराप भवन त्यसमाथि सडकछेउमा भएकाले ठूला गाडी आएमा भवन हल्लिने गरेको उनीहरूको भनाइ छरु। बालकुमारीस्थित प्रभागको हालत उस्तैरु। यो पनि जीर्ण पालमा छ।


यहाँको अर्को समस्या पिउने पानीको होरु। सीमित स्रोतसाधनका बाबुजुद समुदायको सुरक्षामा प्रहरी खटिरहेको प्रवक्ता खनालको भनाइ छ। उनी भन्छन्, ‘प्रभागमा दैनिक गुनासो लिएर ५० जनाको हाराहारीमा सेवाग्राही आउँछन्। कसैसँग बयान लिनुपरेमा छुट्टै कोठा छैन।’


बालकुमारी प्रभागमा आफन्त भेटघाट गर्न आएका इमाडोलका निर्मल घिमिरेले चौबीसै घण्टा चालु राख्नुपर्ने प्रहरीको ‘वाकिटकी’ समेत गतिलो चार्ज गर्ने ठाउँमा नभएको बताए।


ललितपुरमा गरेको एक अध्ययनअनुसार ४० वटा प्रहरी कार्यालयमध्ये २५ वटा अरूको जग्गामा बस्दै आइरहेका छन्। २१ वटा कार्यालयको आफ्नो भवन छैन।


ललितपुर दक्षिण दुर्गम पहाडी भेग कालेश्वर, आश्राङ र गिम्दीस्थित प्रहरी चौकी र इलाका प्रहरी कार्यालय चौघरे टिनको छाप्रोमा छ। महानगरीय प्रहरी प्रभाग इमाडोल, धापाखेल, सामुदायिक प्रहरी तिखिदेवल गाविस भवनमा बस्दै आइरहेका छन्। प्रहरी चौकी लामाटार, सानागाउँ, टीकाथली र महानगरीय प्रहरी प्रभाग नखिपोटका भने कार्यालय नै स्थापना भएका छैनन्।


काठमाडौं प्रहरी परिसरको व्यथा भने बेग्लै छरु। टेकुस्थित नेसनल ट्रेडिङ परिसरको २६ हजार स्क्वायर फिट भाडामा लिएका सासा बैंक्वेटको आधा क्षेत्रफलमा अपराध अनुसन्धान महाशाखाको कार्यालय छ। बैंक्वेटको आँगनमा महाशाखाका दर्जनजति टेन्ट छन्।


उत्तरपट्टिको पाल केरकार कक्ष हो। प्रहरीले त्यहाँ न्यायका लागि दैनिक आउने एक सयभन्दा बढी पक्ष/विपक्षको भनाइ गम्भीरतापूर्वक सुन्नुपर्छ। उनीहरूसँग सोधपुछ अनि बयान लिने कोठा पनि त्यही होरु। कतिपय गम्भीर प्रकृतिका घटना सम्बन्धी गोप्य बयान पनि लिनुपर्छ।


तर, बैंक्वेटमा हुने भोजभतेरको चर्को आवाजले प्रहरी मात्र होइन, सेवाग्राही पनि हैरान छन्। बैंक्वेटमा बुधबार हिन्दी गीत बज्दै थियो।


ललितपुर ठेचोका २ पुरुष र महिला दोलखाका लोकनाथ सापकोटाले झुक्याई धान खेत देखाएर अन्यत्र ठाउँमा जग्गा पारिदिएको आरोपसहित दिएको उजुरीबारे बुझ्न आएका थिए। अर्का ४ जनाको समूह २ करोड ठगीको आरोपमा बयान दिन उपस्थित थिए। कोही चोरी आरोपमा पक्राउ परेका बयान दिन पालो कुरिरहेका थिए।


बैंक्वेटबाट आउने गरेको आवाजले अनुसन्धान प्रभावित बन्ने गरेको महाशाखाका अधिकारी बताउँछन्। भूकम्पले हनुमानढोकास्थित कार्यालयमा क्षति पुगेपछि ट्रेडिङको पुरानो भवन र गोदाममा बसेको महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालयको अवस्थामा उस्तै छ।

प्रकाशित : पुस २३, २०७५ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?