कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

टुँडिखेलमा दुई दिन ‘माघे सकराती’ मनाइने

काठमाडौँ — उपत्यकामा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा दुई दिन 'माघे सकराती' पर्व मनाउने भएका छन् ।  नेपाल मगर संघले बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस ३० र माघ १ गतेका दिन टुँडिखेलमा माघे सकराती भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको हो ।

टुँडिखेलमा दुई दिन ‘माघे सकराती’ मनाइने

माघे सकराती मगर समुदायको नयाँ वर्षको सुरुआत पनि हो । कार्यक्रमका लागि 'माघे सकराती राष्ट्रिय चाड मनाउँदै अघि बढौं । मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा तय गरिएको छ ।


नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजनामा हुन लागेको कार्यक्रममा शुभकामना आदान-प्रदान तथा मौलिक सांस्कृतिक प्रदर्शनीको समुद्घाटन प्रधानमन्त्री केपी ओली हुने बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रदर्शनी, मौलिक मगर खाना तथा पोसाकहरुको प्रदर्शनी गरिने छ । माघ १ गते विशेष समारोह सुरु हुनअघि मौलिक झाँकीसहित १० बजे भृकुटी मण्डपबाट र्‍याली सुरु हुने मगर संघका अध्यक्ष नवीन रोकामगरले जानकारी दिए ।


पत्रका सम्मेलनमा मगर संघका अध्यक्ष रोकामगरले सरकारले गरेको पर्व बिदा कटौती तत्काल पुनरावलोकन गर्न आग्रह गरे । उनले सरकारले बिदा कटौती पुनरावलोकन गर्न प्रस्ताव तयार पारिसक्नुलाई स्वागतयोग्य कदम भएको बताए । अध्यक्ष मगरले यही माघ १ गतेदेखि नै लागू हुनेगरी बिदा पुनरावलोकन गर्न सरकारसँग आग्रह गरे ।


नयाँ यामको सुरुआत यसैदिनदेखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिनदेखि उद्यौली सुरु हुने प्रचलन छ । उक्त चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौको फूल लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ । चामलको सेतो टीका र जौ पातीको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने चलन छ । त्यस दिन चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुर, भुजौरी, खिचदी, घिउबाट बनाइएको परिकार हो । यस चाडमा भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ ।

प्रकाशित : पुस २६, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?