कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

फूलचोकीमा हराएका १६ किशोर-किशोरी तीन घण्टापछि फेला

ललितपुर — फूलचोकीबाट हराएका ४ किशोरीसहित १६ जनालाई प्रहरी परिसर ललितपुरले घण्टौंपछि फेला पारेको छ । काठमाडौंबाट शनिबार घुम्न गएका उनीहरु फूलचोकीबाट फर्कँदै गर्दा हराएका थिए । उनीहरुले प्रहरीको टोल फ्रि नम्बर १०० मा कल गरेपछि एक सय प्रहरी १० टोली बनाएर जंगलमा परिचालित गरिएको थियो । 

फूलचोकीमा हराएका १६ किशोर-किशोरी तीन घण्टापछि फेला

प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्रसिंह धानुकका अनुसार झन्डै तीन घण्टाको खोजीपछि राति ८ बजेतिर उनीहरुलाई फेला परेका हुन् । उनीहरु १६ देखि २४ वर्ष उमेर समूहका छन् ।


गत माघ दोस्रो साता पनि ललितपुरको थसीखेलमा रहेको अजय शिक्षा सदनबाट फूलचोकी हाइकिङ जाने क्रममा हराएका १७ वर्षका विद्यार्थी जोन तामाङ छ दिनमा भेटिएका थिए ।

प्रकाशित : पुस २८, २०७५ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?