कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भर्ना प्रक्रिया अविलम्ब सच्याउन क्रान्तिकारीको माग

काठमाडौँ — नेकपा निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन  विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको भर्ना प्रक्रिया अविलम्ब सच्याउन माग गरेको छ । अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले मंगलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँलाई  ज्ञापन पत्र बुझाउँदै भर्ना प्रक्रिया त्रुटिपूर्ण रहेको ठहरसहित नयाँ भर्ना अघि बढाउन माग गरेको हो ।

भर्ना प्रक्रिया अविलम्ब सच्याउन क्रान्तिकारीको माग

ज्ञापनपत्रमा भनिएको छ- '२०७५ पुस २४ गतेको सूचनाको आधारमा २९ र ३० गतेका लागि तोकिएको स्नातक तहको भर्नाअन्तर्गत कोटा प्रणालीको लागि गरिएको भर्ना अन्त्यन्त अवैज्ञानिक र अव्यवहारिक भइ त्रुटि पूर्ण हुन गएको पाइएको छ'


प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा मेरिट र कोटाको छुट्टा–छुट्टै नतिजा सार्वजनिक नगरिएकाले मेरिट र कोटाको कति क्रमसंख्याबाट भर्ना गर्ने भन्ने स्पष्ट नभएको आरोप क्रान्तिकारीको छ । यसबाट कोटाको सिटमा भर्ना हुँदा कोटामा बढी अंक प्राप्त गर्ने वास्तविक विद्यार्थीहरु अध्ययन गर्नबाट वञ्चित भई कम अंक प्राप्त गर्ने विद्यार्थी भर्ना हुने स्थिति बनेको उक्त संगठनको दाबी छ ।

प्रकाशित : माघ १, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?