१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा दाहालद्वारा जानकारी

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । 

पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा दाहालद्वारा जानकारी

चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि उपचाररत नेता अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा उनले जानकारी लिएका हुन् । अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालले नेता अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गरेका थिए ।


चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको र नेता अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । ८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइरहेको छ । उनलाई डा राजेन्द्र रिजालको समूहले स्वास्थ्योपचार गरिरहेको छ ।


प्रकाशित : माघ ५, २०७५ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?