कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसपी उप्रेतीको राजीनामा स्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीको राजीनामा शुक्रबार स्वीकृत गरेको छ । उनले एसएसपी बढुवामा आफूभन्दा कनिष्ठ सिफारिस भए पनि आफ्नो नाम नपरेकामा असन्तुष्टि व्यक्त गर्दै आइतबार राजीनामा दिएका थिए ।

बढुवा समितिले गत शनिबार १४ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिस भएकामा श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण वज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल छन् । ढकाल, थापा र तामाङ उप्रेतीभन्दा जुनियर हुन् । एसपी उप्रेती महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत थिए ।


प्रकाशित : फाल्गुन ३, २०७५ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?